माघ १५, २०८२ बिहीबार | १७:५२:५३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सद्भाव, इदान्त र अवानी शीर्ष स्थानमा

काठमाडौं।  नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको पहिलो दिन सद्भाव आचार्य, इदान्तसिंह साउद र अवानी राईले आ-आफ्नो उमेर समुहमाअग्रता लिएका छन् । 

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्य ५-अन्डर ६३ को उत्कृष्ट स्कोर सहित शीर्ष स्थानमा रहे। उनले संसार विकमाथी १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।

सद्भावले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, चौथो र नवौ होलमा एक/एक सट बचाए। तर ५-पारको तेस्रो होलमा डबल बोगी खेपे। यसपछि ब्याक नाइनमा दशौंदेखि १३औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। तर १८औं होलमा एक सट खेर फाले र ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले ८-ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३-ओभर ३७ र ब्याक नाइन ५-ओभर ३९ मा सकाए। १०-ओभर ७८ को स्कोरमा स्वप्नील भट्टराई तेस्रो स्थानमा छन।

 पुरुषकै १२ देखि १६ वर्ष उमेर समुहमा इदान्त सिंह साउद १६-ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहे । उनले फ्रन्ट नाइन ७-ओभर ४१ र ब्याक नाइन ९-ओभर ४३ मा पुरा गरे। १८-ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन। यसैगरी सोहम अग्रवाल र दीपक बहादुर कामी २१-ओभर ८९ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छिन्।

महिला खुल्लातर्फ अवानी राई २०-ओभर ८८ सहित शीर्ष स्थानमा छिन्। उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन्। आइसटिनाले २५-ओभर ९३ को स्कोर दर्ज गरिन् ।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागीता रहेको छ। तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन। प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन्।

यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुदै आएको थियो। कोभिडपछि रोकिएको प्रतियोगिता हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै सुरु गरेको हो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।