चैत्र ५, २०८२ बिहीबार | ०८:३०:५५
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

सद्भाव, इदान्त र अवानी शीर्ष स्थानमा

काठमाडौं।  नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको पहिलो दिन सद्भाव आचार्य, इदान्तसिंह साउद र अवानी राईले आ-आफ्नो उमेर समुहमाअग्रता लिएका छन् । 

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीपअन्तर्गत पुरुष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सद्भाव आचार्य ५-अन्डर ६३ को उत्कृष्ट स्कोर सहित शीर्ष स्थानमा रहे। उनले संसार विकमाथी १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।

सद्भावले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, चौथो र नवौ होलमा एक/एक सट बचाए। तर ५-पारको तेस्रो होलमा डबल बोगी खेपे। यसपछि ब्याक नाइनमा दशौंदेखि १३औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। तर १८औं होलमा एक सट खेर फाले र ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले ८-ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३-ओभर ३७ र ब्याक नाइन ५-ओभर ३९ मा सकाए। १०-ओभर ७८ को स्कोरमा स्वप्नील भट्टराई तेस्रो स्थानमा छन।

 पुरुषकै १२ देखि १६ वर्ष उमेर समुहमा इदान्त सिंह साउद १६-ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहे । उनले फ्रन्ट नाइन ७-ओभर ४१ र ब्याक नाइन ९-ओभर ४३ मा पुरा गरे। १८-ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन। यसैगरी सोहम अग्रवाल र दीपक बहादुर कामी २१-ओभर ८९ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छिन्।

महिला खुल्लातर्फ अवानी राई २०-ओभर ८८ सहित शीर्ष स्थानमा छिन्। उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन्। आइसटिनाले २५-ओभर ९३ को स्कोर दर्ज गरिन् ।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागीता रहेको छ। तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन। प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन्।

यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुदै आएको थियो। कोभिडपछि रोकिएको प्रतियोगिता हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै सुरु गरेको हो ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं