पुस २७, २०८२ सोमबार | १८:२७:०५
राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु

साबिक विजेता दिनेश क्वार्टरफाइनलमा

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजीए म्याच प्लेको पहिलो दिन साबिक विजेता दिनेश प्रजापती क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

दिनेशसँगै पहिलो वरीयताका भुवन नगरकोटी, चौथो वरीयताका जयराम श्रेष्ठ, पाँचौ वरीयताका सञ्जय लामा, छैटौ वरीयताका रवि खड्का, सातौं वरीयताका रामे मगर, नवौं वरीयताका भुवनकुमार रोक्का र १५ औं वरीयताका प्रदीपकुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भए । 

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा तेस्रो वरीयताका दिनेशले अनुभवी गल्फर तोरणविक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८ औं होलमा पराजित गरे । उनले अब क्वार्टरफाइनलमा छैटौं वरीयताका रवि खड्कासँग प्रतिस्पर्धा गर्नेछन् । रविले ११ औं वरीयताका रमेश अधिकारीलाई ३/२ ले हराए ।

पहिलो वरियताका भुवन नगरकोटीले १६ औं वरियताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए । भुवनले क्वार्टरफाइनलमा नवौं वरीयताका भुवनकुमार रोक्कालाई प्रतिद्धन्द्धीको रुपमा पाएका छन् । भुवनकुमारले भने आठौं वरीयताका धनबहादुर थापालाई १८ औं होलमा पराजित गरे ।

दोस्रो वरीयताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन।  नीरजलाई १५ औं वरीयताका प्रदीपकुमार लामाले १८ औं होलमा पराजित गरे । प्रदीपले अब क्वार्टरफाइनलमा सातौं वरीयताका रामे मगरको सामना गर्नेछन। भेट्रान प्रो रामेले १० औं वरीयताका सूर्यप्रसाद शर्मालाई ४/३ ले हराए ।

चौथो वरीयताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे। उनले १३ औं वरीयताका दीपक मगरलाई ७/६ ले पराजित गरे । जयरामले क्वार्टरफाइनलमा पाँचौं वरीयताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन । सञ्जयले १२ औं वरीयताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे ।

कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरले जनही ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार रुपैयाँ  प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमश: ३२ हजार र २४ हजार  रुपैयाँ पाउनेछन् ।

क्वार्टरफाइनल र सेमिफाइनल खेलहरु बिहीबार हुनेछ । पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||