चैत्र १६, २०८२ सोमबार | १७:०६:११
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

साबिक विजेता दिनेश क्वार्टरफाइनलमा

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजीए म्याच प्लेको पहिलो दिन साबिक विजेता दिनेश प्रजापती क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

दिनेशसँगै पहिलो वरीयताका भुवन नगरकोटी, चौथो वरीयताका जयराम श्रेष्ठ, पाँचौ वरीयताका सञ्जय लामा, छैटौ वरीयताका रवि खड्का, सातौं वरीयताका रामे मगर, नवौं वरीयताका भुवनकुमार रोक्का र १५ औं वरीयताका प्रदीपकुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भए । 

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा तेस्रो वरीयताका दिनेशले अनुभवी गल्फर तोरणविक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८ औं होलमा पराजित गरे । उनले अब क्वार्टरफाइनलमा छैटौं वरीयताका रवि खड्कासँग प्रतिस्पर्धा गर्नेछन् । रविले ११ औं वरीयताका रमेश अधिकारीलाई ३/२ ले हराए ।

पहिलो वरियताका भुवन नगरकोटीले १६ औं वरियताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए । भुवनले क्वार्टरफाइनलमा नवौं वरीयताका भुवनकुमार रोक्कालाई प्रतिद्धन्द्धीको रुपमा पाएका छन् । भुवनकुमारले भने आठौं वरीयताका धनबहादुर थापालाई १८ औं होलमा पराजित गरे ।

दोस्रो वरीयताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन।  नीरजलाई १५ औं वरीयताका प्रदीपकुमार लामाले १८ औं होलमा पराजित गरे । प्रदीपले अब क्वार्टरफाइनलमा सातौं वरीयताका रामे मगरको सामना गर्नेछन। भेट्रान प्रो रामेले १० औं वरीयताका सूर्यप्रसाद शर्मालाई ४/३ ले हराए ।

चौथो वरीयताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे। उनले १३ औं वरीयताका दीपक मगरलाई ७/६ ले पराजित गरे । जयरामले क्वार्टरफाइनलमा पाँचौं वरीयताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन । सञ्जयले १२ औं वरीयताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे ।

कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरले जनही ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार रुपैयाँ  प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमश: ३२ हजार र २४ हजार  रुपैयाँ पाउनेछन् ।

क्वार्टरफाइनल र सेमिफाइनल खेलहरु बिहीबार हुनेछ । पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो