चैत्र ८, २०८२ आइतबार | १९:१०:३९
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

टिम स्पर्धामा नेपाललाई स्वर्ण

काठमाडौं । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र सदभाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार सात-अन्डर एक सय ३७ स्कोर जोडे। सुवास र सद्रभावकाे जाेडीले समग्रमा १७-अन्डर दुई सय ७१ स्कोरसहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन्।

मंगलबार सुवासले चार-अन्डर ६८ र सदभावले तीन-अन्डर ६९ स्कोर गरे। सुवास र सद्भावकाे जाेडीले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए।

समग्रमा तीन-अन्डर दुई सय ८५ सहित भारतले रजत पदक प्राप्त गर्यो। मंगलबार सुमित कोटवालले आठ-अन्डर ६४ र सुरज जोशीले दुई-ओभर ७४ स्कोर गरे। यो जोडीले मंगलबा भारतको लागि ६-अन्डर एक सय ३८ स्कोर जोडे ।

समग्रमा पाँच-ओभर २ सय ९३ सहित भुटानले कांस्य पदक जित्यो । मंगलबार सात-ओभर एक सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले एक-अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले आठ-ओभर ८० मा खेल सकाए।

प्रतियोगिताको व्यक्तिगततर्फ भारतका सुमित कोटवाल आठ-अन्डर ६४ को सानदार स्कोरमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले समग्रमा १२-अन्डर एक सय ३२ स्कोरसहित पहिलो दिनका लिडर नेपालका सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे।

चार-अन्डर ६८ को कार्ड बनाएका सुवासले समग्रमा १०-अन्डर एक सय ३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा झरे। नेपालकै सद्भाव आचार्यले आज तीन-अन्डर ६९ को स्कोर निकाले। समग्रमा सात-अन्डर एक सय ३७ सहित उनी तेस्रो स्थानमा छन्।

यसैगरी भुटानका उगेन दोर्जी समग्रमा चार-अन्डर एक सय ४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा दुई-अन्डर एक सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे।

यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा एक-ओभर एक सय ४५ स्काेरसिहत सातौं तथा पाकिस्तानका उमैर सलिम र नेपालका टासी डोङले समग्रमा  पाँच-ओभर एक सय ४९ स्कोरका साथ संयुक्तरुपमा नवौं स्थान बाँडे।

भारतका सुमितले बोगी रहित आठ-अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै चा -अन्डर ३२ मा सकाए। उनले दोस्रो, चौंथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। त्यसपछि उनले १०, १४, १५औं र १८औं होलमा पनि एक/ एक सट बचाए।

सुवाशले फ्रन्ट नाइन एक-अन्डर ३५ मा पुरा गरे। पहिलो होलमा बोगी खेपेका उनले पाँच-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि ११, १४ र १८औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन तीन-अन्डर ३३ मा पुरा गरे।

सद्भावले बोगी रहित राउण्ड खेले। फ्रन्ट नाइन तीन-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए।

महिलातर्फ कश्मीरा शाह आठ-ओभर ८० स्कोर गरिन्। समग्रमा १४-ओभर एक सय ५८ सहित शीर्ष स्थानमा उक्लिएकी छन्। उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई तीन स्ट्रोकले पछि पारेकी छन्।

सुष्माले मंगलबार १२-ओभर ८४ स्कोर गर्दा समग्रमा १७-ओभर एक सय ६१ मा ३६ होलको खेल पुरा गरिन्।

३६ होलको समाप्तीमा २०-ओभर एक सय ६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन्। जसमा १६ जना नेपाली खेलाडी छन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो