मंसिर १८, २०८२ बिहीबार | ०७:२४:४५
एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना

सुर्खेतमा हुने इ-स्पोर्टस च्याम्पियनसिपको तयारी पूरा

सुर्खेत । पहिलो राष्ट्रिय  इ-स्पोर्टस च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक इ-स्पोर्टस संघ नेपाल (इशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो ।

कर्णाली प्रदेश इ-स्पोर्टस संघ सह-आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार र शनिबार सुर्खेतमा  हुँदैछ ।

इशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आइसकेको बताए ।

पब्जी मोबाईल, मोबाइल लेजेण्ड्स र इ-फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र इ-फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

मोबाईल लेजण्ड्स र इ-फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाइनल ल्यान इभेन्ट शुक्रबार र शनिबार भौतिक रूमा हुने सचिव दाहालले बताए ।

कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाइलमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र  इ फुटबलमा १ लाख रुपैयाँ प्रदान गरिने छ ।

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिता सुर्खेतमा गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राष्ट्रिय)  र कर्णाली प्रदेश इ स्पोर्टस संघले सहयोग गरेका छन् ।
 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2