माघ १७, २०८२ शनिबार | १२:२६:५८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

बागमती प्रदेशस्तरीय बक्सिङ छनौट सम्पन्न

काठमाडौं । आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि बागमती प्रदेशस्तरीय बक्सिङ खेलको छनोट सम्पन्न भएको छ । मंगलबार सम्पन्न छनोटबाट पुरुष १३ र महिला १० वटै तौल समूहमा खेलाडी छानिएका छन् ।

फाइनलमा महिला ५० केजी तौल समूहतर्फ भक्तपुरकी अस्मिता दुवालले काभ्रेकी प्रतिष्ठा अर्याललाई ३:२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरिन् । पुरुष ४८ केजी तौल समूहमा काठमाडौंका रविन थापाले काभ्रेका लक्ष्मण राईलाई युनानिमस डिसिजन ५:० को आधारमा पराजित गरे ५४ तौल समूहमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका सुदेस मानन्धरलाई ४:१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरेका थिए ।

पुरुष ६० केजी तौल समूहमा काठमाडौंका सुलभ मालीले काठमाडौंकै मार्शल गुरुङलाई पराजित गरेका थिए  पुरुष ६३.५ केजी तौल समूहमा रसुवाका मौसम रानामगरले काठमाडौंका मनिष श्रेष्ठलाई ५:० अंकको आधारमा पराजित गरे ।

पुरुष ६७ केजी तौल समूहमा मकवानपुरका अमन श्रेष्ठले काठमाडौंका प्रशान्त तामाङलाई पराजित गरे । ७१ केजी तौल समूहमा काठमाडौंका प्रमोद राईले काठमाडौंकै कलिम खानलाई ५:०को आधारमा पराजित गरे । पुरुष ७५ केजी तौल समूहमा काभ्रेका विनिश राईले रामेछापका मनोज तामाङलाई युनानिमस डिसिजनको आधारमा पराजित गरे ।

९२ केजी तौलमा काठमाडौंका शाहिल महर्जनले चितवनका विभान गुरुङलाई वाक ओभर दिए । ९२ माथि तौल समूहमा काभ्रेका उज्जवलले ललितपुरका आसुतोस भण्डारीलाई एबीडीका आधारमा पराजित गरे ।

बागमती प्रदेशबाट छनौट भएका खेलाडीहरु

पुरुष तर्फ
१. ४८ केजी रविन थापा (काठमाडौं )
२. ५१ केजी लाल प्रसाद उप्रेति (काभ्रे)
३. ५४ केजी मदन कृष्ण डंगोल (काठमाडौं )
४. ५७ केजी सुरज महर्जन (काठमाडौं)
५. ६० केजी सुलभ माली ( काठमाडौं)
६. ६३.५ केजी मौसम रानामगर (रसुवा)
७. ६७ केजी अमन श्रेष्ठ (मकवानपुर)
८. ७१ केजी प्रमोद राई (काठमाडौं)
९. ७५ केजी विनिस राई (काभ्रे)
१०. ८० केजी मोहन तामाङ (काठमाडौं)
११. ८६ केजी सुजन बोहोरा (काठमाडौं
१२. ९२ केजी साहिल महर्जन ( काठमाडौं)
१३. ९२ प्लस केजी उज्जवल बस्नेत (काभ्रे)

महिला तर्फ
१. ४६ देखि ४८ केजी सुष्मा तामाङ (काठमाडौं)
२. ५० केजी अस्मिता दुवाल (भक्तपुर)
३. ५२ केजी विविसा श्रेष्ठ (काभ्रे)
४. ५४ केजी पेमा श्रेष्ठ (काभ्रे)
५. ५७ केजी हेमा राई (काभ्रे)
६. ६० केजी डेचेन शेर्पा (काभ्रे)
७. ६३ केजी जेविका थापा (काभ्रे)
८. ६६ केजी स्मृती श्रेष्ठ (काठमाडौं
९. ६९ केजी कबुना श्रेष्ठ (काठमाडौं)
१०. ७५ केजी निस्मा गुरुङ (काभ्रे)


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।