चैत्र १५, २०८२ आइतबार | ००:२२:०९
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

बागमती प्रदेशस्तरीय बक्सिङ छनौट सम्पन्न

काठमाडौं । आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि बागमती प्रदेशस्तरीय बक्सिङ खेलको छनोट सम्पन्न भएको छ । मंगलबार सम्पन्न छनोटबाट पुरुष १३ र महिला १० वटै तौल समूहमा खेलाडी छानिएका छन् ।

फाइनलमा महिला ५० केजी तौल समूहतर्फ भक्तपुरकी अस्मिता दुवालले काभ्रेकी प्रतिष्ठा अर्याललाई ३:२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरिन् । पुरुष ४८ केजी तौल समूहमा काठमाडौंका रविन थापाले काभ्रेका लक्ष्मण राईलाई युनानिमस डिसिजन ५:० को आधारमा पराजित गरे ५४ तौल समूहमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका सुदेस मानन्धरलाई ४:१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरेका थिए ।

पुरुष ६० केजी तौल समूहमा काठमाडौंका सुलभ मालीले काठमाडौंकै मार्शल गुरुङलाई पराजित गरेका थिए  पुरुष ६३.५ केजी तौल समूहमा रसुवाका मौसम रानामगरले काठमाडौंका मनिष श्रेष्ठलाई ५:० अंकको आधारमा पराजित गरे ।

पुरुष ६७ केजी तौल समूहमा मकवानपुरका अमन श्रेष्ठले काठमाडौंका प्रशान्त तामाङलाई पराजित गरे । ७१ केजी तौल समूहमा काठमाडौंका प्रमोद राईले काठमाडौंकै कलिम खानलाई ५:०को आधारमा पराजित गरे । पुरुष ७५ केजी तौल समूहमा काभ्रेका विनिश राईले रामेछापका मनोज तामाङलाई युनानिमस डिसिजनको आधारमा पराजित गरे ।

९२ केजी तौलमा काठमाडौंका शाहिल महर्जनले चितवनका विभान गुरुङलाई वाक ओभर दिए । ९२ माथि तौल समूहमा काभ्रेका उज्जवलले ललितपुरका आसुतोस भण्डारीलाई एबीडीका आधारमा पराजित गरे ।

बागमती प्रदेशबाट छनौट भएका खेलाडीहरु

पुरुष तर्फ
१. ४८ केजी रविन थापा (काठमाडौं )
२. ५१ केजी लाल प्रसाद उप्रेति (काभ्रे)
३. ५४ केजी मदन कृष्ण डंगोल (काठमाडौं )
४. ५७ केजी सुरज महर्जन (काठमाडौं)
५. ६० केजी सुलभ माली ( काठमाडौं)
६. ६३.५ केजी मौसम रानामगर (रसुवा)
७. ६७ केजी अमन श्रेष्ठ (मकवानपुर)
८. ७१ केजी प्रमोद राई (काठमाडौं)
९. ७५ केजी विनिस राई (काभ्रे)
१०. ८० केजी मोहन तामाङ (काठमाडौं)
११. ८६ केजी सुजन बोहोरा (काठमाडौं
१२. ९२ केजी साहिल महर्जन ( काठमाडौं)
१३. ९२ प्लस केजी उज्जवल बस्नेत (काभ्रे)

महिला तर्फ
१. ४६ देखि ४८ केजी सुष्मा तामाङ (काठमाडौं)
२. ५० केजी अस्मिता दुवाल (भक्तपुर)
३. ५२ केजी विविसा श्रेष्ठ (काभ्रे)
४. ५४ केजी पेमा श्रेष्ठ (काभ्रे)
५. ५७ केजी हेमा राई (काभ्रे)
६. ६० केजी डेचेन शेर्पा (काभ्रे)
७. ६३ केजी जेविका थापा (काभ्रे)
८. ६६ केजी स्मृती श्रेष्ठ (काठमाडौं
९. ६९ केजी कबुना श्रेष्ठ (काठमाडौं)
१०. ७५ केजी निस्मा गुरुङ (काभ्रे)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो