मंसिर २२, २०८२ सोमबार | १८:३२:१३
इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल

तीन कांस्य सहित नेपाली बक्सिङ टोली स्वदेश फिर्ता

काठमाडौं, (खेलाडी)- एएसबिसी युथ एण्ड जुनियर बक्सिङ प्रतियोगितामा सहभागी नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न प्रतियोगितामा नेपालले तीन कांस्य पदक जितेको थियो । छिरिङवाङ्दी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राईले दुबईमा पदक जितेका थिए । 

नेपालका छिरिङ वाङ्दीले पुरुष जुनियर ५४ केजी तैल समूहमा कांस्य पदक जितेका थिए । उनी सेमिफाइनलमा ताजकिस्तानका खेलाडीसँग पराजित भएका थिए । उक्त तौल समूहमा ताजकिस्तानले स्वर्ण पदक जितेका थिए । 

चाबहिल बक्समान्डुका छिरिङले त्रिभुवन विमानस्थलमा भने, ‘धेरै मेहनत गरेका थियौं । त्यसका फल पायौं । गुरुहरुले पनि मेहनत गर्नु भएको छ । यो सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला मिलेको छ । अबको लक्ष्य युथ च्याम्पियनसिप हो ।’

स्वस्तिकाले महिला जुनियर ५२ किलो तौल समूहमा र नारिकाले युथ ५७ किलो तौल समूहमा कांस्य पदक जितेका थिए । पदक विजेता खेलाडीले एक हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी भने पहिलो चरणबाटै बाहिरिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अगस्ट २० देखि ३१ सम्म दुबइमा सन्पन्न प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । तीन खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas