चैत्र ३, २०८२ मंगलबार | २१:५९:५०
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

आर्मीकी मिनुलाई स्वर्ण

काठमाडौं । नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजी तौल समूहमा शुक्रबार स्वर्ण जितेकी छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजी तौल समूहमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजी तौल समूहमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई पराजित गर्दै स्वर्ण जिते ।

पुरुष ४८ केजी तौल समूहमा आर्मीका सुशिल थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजी तौल समूहमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले भूपु बक्सिङका उपास गुरुङ, ५७ केजी तौल समूहमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जन, ६० केजी तौल समूहमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजी तौल समूहमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउदै स्वर्ण जिते ।

विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व मन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रत्येक स्पर्धाका विजेताले पाँच सय युरो र  उपविजेताले तीन सय युरो हात पारे ।

नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् ।
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH