चैत्र ५, २०८२ बिहीबार | २३:००:५६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सुशिल सेमिफाइनलमा

काठमाडौं । नेपाल आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ४८ केजी तौल समूहमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा सुशिलले उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । 

उक्त स्पर्धाको अन्य खेलमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५१ केजी तौल समूहमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’ का जयन्त मैनाली, रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाक्री मगर तथा एपीएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । 

पुरुष ५४ केजी तौल समूहमा आर्मी ‘बी’ का सुदिप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भीपीबीसीका उपास गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङ पेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा एपीएफका पुरन राईले नेपाल प्रहरीका शम्भु राजवंशी तथा एचटुओका बुद्ध ग्याल्मो लामाले आर्मी ‘बी’ का बाबुराम मगरलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । 

कञ्चन्पुरका रञ्जन भट्टले भाइबका तिलवीर पुन मगरबाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुनिश्चित गरे । पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले नक्सालका विजय थापा, दाङका अनिल पुन मगरले आर्मीका विमल रोक्का, बाँकेका नवीन घर्तीले ललितपुरका निसान दास तथा कञ्चन्पुरका महेन्द्र चन्दले बाजुराका देवराज जोशीलाई निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६३ केजीमा थानकोटका मनीष श्रेष्ठ, आर्मीका दोलबहादुर चौधरी, कास्कीका सागर परियार तथा एपीएफका सोनम सार्की सेमिफाइलनलमा पुगे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो