माघ १५, २०८२ बिहीबार | १९:४४:१३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सुशिल सेमिफाइनलमा

काठमाडौं । नेपाल आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ४८ केजी तौल समूहमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा सुशिलले उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । 

उक्त स्पर्धाको अन्य खेलमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५१ केजी तौल समूहमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’ का जयन्त मैनाली, रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाक्री मगर तथा एपीएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । 

पुरुष ५४ केजी तौल समूहमा आर्मी ‘बी’ का सुदिप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भीपीबीसीका उपास गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङ पेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा एपीएफका पुरन राईले नेपाल प्रहरीका शम्भु राजवंशी तथा एचटुओका बुद्ध ग्याल्मो लामाले आर्मी ‘बी’ का बाबुराम मगरलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । 

कञ्चन्पुरका रञ्जन भट्टले भाइबका तिलवीर पुन मगरबाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुनिश्चित गरे । पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले नक्सालका विजय थापा, दाङका अनिल पुन मगरले आर्मीका विमल रोक्का, बाँकेका नवीन घर्तीले ललितपुरका निसान दास तथा कञ्चन्पुरका महेन्द्र चन्दले बाजुराका देवराज जोशीलाई निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६३ केजीमा थानकोटका मनीष श्रेष्ठ, आर्मीका दोलबहादुर चौधरी, कास्कीका सागर परियार तथा एपीएफका सोनम सार्की सेमिफाइलनलमा पुगे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।