माघ १४, २०८२ बुधबार | २२:०२:५५
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: भरत, निशान र प्रशान्त सेमिफाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा बिहीबार भएको पुरुष  ७१ केजी तौल समूहमा भरतले एपिएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्ती मगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनल पुगे ।

यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोशीका इशक जनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुगिन् । महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपिएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।

महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठ कर्णालीकी अस्मिता चन्दलाई हराउदै सेमिफाइनलमा पुग्न सफल भइन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।