चैत्र १०, २०८२ मंगलबार | १७:२४:३०
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: भरत, निशान र प्रशान्त सेमिफाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा बिहीबार भएको पुरुष  ७१ केजी तौल समूहमा भरतले एपिएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्ती मगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनल पुगे ।

यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोशीका इशक जनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुगिन् । महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपिएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।

महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठ कर्णालीकी अस्मिता चन्दलाई हराउदै सेमिफाइनलमा पुग्न सफल भइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो