चैत्र १८, २०८२ बुधबार | १०:१७:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पुलिसको सानदार सुरुआत

काठमाडौं । नेपाल पुलिस क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार विजयी सुरुआत गरेको छ । 

पुलिसले कीर्तिपुर नगरपालिकाविरुद्ध ७८-२३ को सहज जित निकाल्यो । पुलिसकी समिक्षा न्यौपानेले ११ स्कोर गरिन् ।चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले क्रमशः २१-०, २४-६, १८-१० र १५–७ स्कोर गर्यो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबारै प्रतियोगिताको टाइम्सले जेभियर इन्टरनेसनललाई ११७-६४ ले हराउँदा गोल्डेनगेटले एनसीसीएसमाथि ७७-७४ को रोमाञ्चक जित निकाल्यो । टाइम्सका विजय बुर्जाले २४ स्कोर गरे ।

दोश्रो क्वाटरमा १३-२० ले पछि परेको टाइम्स बाँकी तीनमा भने अग्रता बनाएको थियो । टाइम्सले पहिलोमा ३५-१६, तेश्रोमा ३१-१५ र चौथोमा ३८-१३ को अग्रता लिएको थियो ।

गोल्डेनगेटका अभिषेक सिंहले ३२ अंक बटुले । एनसीसीएसका सौगात सिंहले १८ अंक जोडे ।

अन्तिम क्वाटरमा लिएको २६-१७ को अग्रता नै गोल्डेनगेटको जितको आधार बन्यो । पहिलोमा १८-२१ र दोश्रोमा १३-१६ ले पछि परेको गोल्डेनगेट तेश्रोमा २०-२० को बराबरीमा रोकिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो