माघ १८, २०८२ आइतबार | १०:०९:५२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

आयोजक रेडिअन्ट पब्लिक दोहोरो उपाधि नजिक

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा  दोहोरो उपाधि नजिक पुगेको छ ।

रेडिअन्टको सिनियर र जुनियर ब्वाइज दुवै टोली फाइनलमा पुगेको हो । सिनियर गर्ल्समा भने रेडिअन्ट सेमिफाइनलमै रोकियो ।

स्युचाटारस्थित घरेलु कोर्टमा शनिबार भएको सिनियर ब्वाइज सेमिफाइनलमा रेडिअन्टले एन्जल लर्डलाई ४९-३१ ले पराजित गरेको हो । रेडियन्टको जितमा लमिक योञ्जनले १४ अंक योगदान गरे । 

फाइनलमा रेडियन्टको भेट जेनिथसँग हुनेछ । अर्को सेमिफाइनलमा सुशिल शाहीको २१ अंक सहयोगमा जेनिथले ज्ञानोदयलाई ५४-२९ ले हराएको थियो ।

जुनियर ब्वाइजमा रेडिअन्टले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३४-९ ले स्तब्ध बनायो । विजेताका सुशंकेत बनेपालीले १५ स्कोर गरे । 

उपाधिका लागि रेडिअन्टले ग्रिनफिल्डसँग खेल्ने छ । ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई २३-१५ ले पन्छायो । ग्रिनफिल्डका रिसभ तामाङले १३ अंक बटुले ।

सिनियर गर्ल्समा जेसिज र रिब्सले उपाधि भिडन्त पक्का गरे । जेसिजले स्वर्णिममाथि १०-६ को जित दर्ता गर्यो । जेसिजकी विप्रिशा श्रेष्ठले तीन अंक जोडिन् । 

आयोजक रेडिअन्टविरुद्धको खेलमा रिब्स २५-१९ ले विजयी भयो । रिब्सकी आयुशा श्रेष्ठले १० स्कोर गरिन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।