चैत्र ९, २०८२ सोमबार | १२:५८:५१
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

आयोजक रेडिअन्ट पब्लिक दोहोरो उपाधि नजिक

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा  दोहोरो उपाधि नजिक पुगेको छ ।

रेडिअन्टको सिनियर र जुनियर ब्वाइज दुवै टोली फाइनलमा पुगेको हो । सिनियर गर्ल्समा भने रेडिअन्ट सेमिफाइनलमै रोकियो ।

स्युचाटारस्थित घरेलु कोर्टमा शनिबार भएको सिनियर ब्वाइज सेमिफाइनलमा रेडिअन्टले एन्जल लर्डलाई ४९-३१ ले पराजित गरेको हो । रेडियन्टको जितमा लमिक योञ्जनले १४ अंक योगदान गरे । 

फाइनलमा रेडियन्टको भेट जेनिथसँग हुनेछ । अर्को सेमिफाइनलमा सुशिल शाहीको २१ अंक सहयोगमा जेनिथले ज्ञानोदयलाई ५४-२९ ले हराएको थियो ।

जुनियर ब्वाइजमा रेडिअन्टले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३४-९ ले स्तब्ध बनायो । विजेताका सुशंकेत बनेपालीले १५ स्कोर गरे । 

उपाधिका लागि रेडिअन्टले ग्रिनफिल्डसँग खेल्ने छ । ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई २३-१५ ले पन्छायो । ग्रिनफिल्डका रिसभ तामाङले १३ अंक बटुले ।

सिनियर गर्ल्समा जेसिज र रिब्सले उपाधि भिडन्त पक्का गरे । जेसिजले स्वर्णिममाथि १०-६ को जित दर्ता गर्यो । जेसिजकी विप्रिशा श्रेष्ठले तीन अंक जोडिन् । 

आयोजक रेडिअन्टविरुद्धको खेलमा रिब्स २५-१९ ले विजयी भयो । रिब्सकी आयुशा श्रेष्ठले १० स्कोर गरिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो