चैत्र १४, २०८२ शनिबार | ०१:०६:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

केएमसी अन्तरविद्यालय बास्केटबलः ज्ञान निकेतनको विजयी सुरुआत

तेश्रो केएमसी बास्केटबल उद्घाटन क्रममा निर्णायकलाई बल हस्तान्तरण गरिदै

काठमाडौं ।  ज्ञान निकेतनले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । ज्ञान निकेतनले सिनियर र जुनियर ब्वाइज दुवैमा जित निकाल्यो ।

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा शुक्रबार भएको सिनियर ब्वाइजको खेलमा ज्ञान निकेतनले न्यु जेनिथलाई २७-१८ ले पराजित गरेको हो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले १५ अंक योगदान गरे ।

जुनियर ब्वाइजमा दिप्सन अधिकारीको सात अंकको सहयोगमा ज्ञान निकेतनले आयोजक केएमसीलाई १६-११ ले हरायो ।

सिनियर ब्वाइजको अन्य खेलमा एआइएले इनोभेटिभलाई २३-१९, नेरिक एकेडेमीले रिलायन्सलाई २७-२४, इलाइट ग्रान्डले केएमसी ‘बी’ लाई २१-११, काठमाडौं जेभियरले भद्रघलेलाई २२-१६, सैनिकले केएमसी ‘ए’ लाई २०-१६ र सनसाइनले एनसीसीएसलाई १९-१० ले पराजित गरे । 

प्रतियोगिताको केएमसीका निर्देशक डा. मनोजकुमार थापा र प्रिन्सिपल द्धारिकानाथ अम्गाईंले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियोगितामा सिनियर ब्वाइज १६, जुनियर ब्वाइज र गर्ल्समा समान आठ र स्टाफमा ६ टिम सहभागी छन् । फाइनल भदौ २२ गते हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो