चैत्र १४, २०८२ शनिबार | ०९:१४:०९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

ब्याडमिन्टन: प्रिन्स र रशिलाले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार सम्पन्न ब्याडमिन्टका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन च्याम्पियन बनेका छन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका प्रिन्स र रशिलाले स्वर्ण पदक जिते ।

पोखराको रगंशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा पुलिसकै खेलाडी विष्णु कटुवाललाई २१-११, २१-४ को नजितामा पराजित गर्दै पुरुष एकलतर्फ प्रिन्स नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । लुम्बिनीका ईरफान अन्सारी र सेनाका प्रफुल महर्जनले कास्य पदक प्राप्त गरे ।

महिला एकलतर्फ सेनाकी रशिलले सेनाकै अनुमाया राईलाई २२-२०, २१-९ को नतिजामा पराजित गर्दै राष्ट्रिय च्याम्पियनको उपाधि कायम राखिन् । महर्जन आठौं राष्ट्रिय खेलकुदकी विजेता हुन् । पूर्व राष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र सेनाकी अमिता गिरीले कास्य जिते ।

मिक्स युगलतर्फ नेपाल पुलिसका जीवन आचार्य र निता लम्सालको जोडीले बाजी मार्यो । उक्त जोडीले सेनाका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१-१२, २१-११ को सहज जित निकाल्दै स्वर्ण जिते ।

गण्डकीका विशाल खड्का र याम कुमारी गुरुङ्गको जोडी तथा सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडीले कास्य जिते ।

महिला युगलतर्फ आर्मीकै अमिता गिरी र रशिलाको जोडीले सोही विभागीय टिमका प्राथना देउवा र अनुमाया राईको जोडीलाई २१-१५, २२-२० सेटमा पराजित गर्दै स्वर्ण पदकजिते

प्रदेश १ का रोजी राइ र सृष्टि राईको जोडी तथा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीले कास्य पदक प्राप्त गरे ।

पुरुष युगलमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइको जोडीलाई २१-१९, २१-१७ ले पराजित गर्दै सेनाका लागि अर्को स्वर्ण जिते । तेस्रो स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडी रहे ।

आर्मीले ब्याडमिन्टनबाट ७ मध्ये ५ स्वर्ण जितेको छ । नेपाल पुसिलसे २ स्वर्ण हात पार्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो