माघ १५, २०८२ बिहीबार | १५:२१:२८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

मुख्यमन्त्री कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न

धनगढी । मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन प्रतियोगिता शनिबार सकिएको हो । 

सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्री टेकबहादुर रैकाले समापन गरे । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए । 

प्रतियोगितामा दुई उमेरका चार विधामा प्रतिस्पर्धा भएको थियो । १९ वर्षमुनिको प्रतिस्पर्धामा पुरुषतर्फ रोशन साउँद र महिलातर्फ विस्ना बिष्ट च्याम्पीयन भएका छन् । धनगढी रंगशालामा शनिबार भएको पुरुषतर्फको फाइनलमा कैलालीका रोशनले कैलालीकै चन्द्रिका कठरियालाई २१–१३ र २१–१५ को सेटमा हराए । 

महिलातर्फ कञ्चनपुरकी बिस्ना कञ्चनपुरकै निलिमा महरालाई २१–१७ र २१–१३ ले हराउँदै च्याम्पियन भइन् । १५ वर्षमुनिको प्रतिस्पर्धामा पारस उपाध्याय र रञ्जु राना च्याम्पियन भइन् । 

पुरुषतर्फ कैलालीका पारसले कैलालीकै सिसिर रानालाई २१–१३ र २१–१० ले हराए । महिलातर्फ कैलालीकी रञ्जुले बैतडीकी समीक्षा बिष्टलाई २१–१७ र २३–२१ ले हराइन् । 

दुबै उमेर समुहका महिला तथा पुरुष विधाका च्याम्पियन भएका खेलाडीहरुले १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, उपविजेता बनेका खेलाडीहरुले १० हजार पाउँदा सेमिफाइनल पुग्न सफल खेलाडीहरुले पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष गरी ७२ जना खेलाडी र एक व्यवस्थापक गरी ९ जना व्यवस्थापक सहभागी रहेका छन् । प्रतियोगितामा १९ वर्षमुनि र १५ वर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।