चैत्र १४, २०८२ शनिबार | १०:१७:५८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

मुख्यमन्त्री कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न

धनगढी । मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन प्रतियोगिता शनिबार सकिएको हो । 

सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्री टेकबहादुर रैकाले समापन गरे । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए । 

प्रतियोगितामा दुई उमेरका चार विधामा प्रतिस्पर्धा भएको थियो । १९ वर्षमुनिको प्रतिस्पर्धामा पुरुषतर्फ रोशन साउँद र महिलातर्फ विस्ना बिष्ट च्याम्पीयन भएका छन् । धनगढी रंगशालामा शनिबार भएको पुरुषतर्फको फाइनलमा कैलालीका रोशनले कैलालीकै चन्द्रिका कठरियालाई २१–१३ र २१–१५ को सेटमा हराए । 

महिलातर्फ कञ्चनपुरकी बिस्ना कञ्चनपुरकै निलिमा महरालाई २१–१७ र २१–१३ ले हराउँदै च्याम्पियन भइन् । १५ वर्षमुनिको प्रतिस्पर्धामा पारस उपाध्याय र रञ्जु राना च्याम्पियन भइन् । 

पुरुषतर्फ कैलालीका पारसले कैलालीकै सिसिर रानालाई २१–१३ र २१–१० ले हराए । महिलातर्फ कैलालीकी रञ्जुले बैतडीकी समीक्षा बिष्टलाई २१–१७ र २३–२१ ले हराइन् । 

दुबै उमेर समुहका महिला तथा पुरुष विधाका च्याम्पियन भएका खेलाडीहरुले १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, उपविजेता बनेका खेलाडीहरुले १० हजार पाउँदा सेमिफाइनल पुग्न सफल खेलाडीहरुले पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष गरी ७२ जना खेलाडी र एक व्यवस्थापक गरी ९ जना व्यवस्थापक सहभागी रहेका छन् । प्रतियोगितामा १९ वर्षमुनि र १५ वर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो