चैत्र १२, २०८२ बिहीबार | २१:४४:३६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत नाै गतेदेखि सुरु

काठमाडौं । भक्तपुर जिल्ला ब्याड्मिन्टन संघको आयोजनामा हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याड्मिन्टन प्रतियोगिता चैत नौ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली त्रिभुवन आर्मी, प्रहरी, एपीएफबाट करिब दुई सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । यु १५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र सात हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार पाँच सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई सात हजार पाँच सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो ।’

आयोजकका अनुसार चारदिने प्रतियोगिता सञ्चालनमा करिब १६ लाख ८६ हजार पाँच सय रुपैयाँ खर्च हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो