माघ १७, २०८२ शनिबार | १७:३९:३४
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

सिल्क ग्रुप र नेपाल टेलिकम फाइनलमा

काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकम कुमारी बैंक काठमाण्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन फाइनल प्रवेश गरेका छन् । 

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको च्याम्पियनसिपमा सिल्क ग्रुपले नेपाल विद्युत प्राधिकरणलाई ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेलमा सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेलमा २ -० को अग्रता लिए ।

विकासले प्राधिकरणका दीपक बोहरालाई २१-१८, २१-१७ ले तथा अनुमायाले शोभा गौचनलाई २१-१६, १८-२१, २१-१३ ले पराजित गरिन् । 

तेस्रो खेलमा श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१-११, २१-१४ ले पराजित गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । 

यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले प्राधिकरणका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१-१३, २१-१९ले पराजित गर्दै खेललाई ३-१ ले आफ्नो पक्षमा पार्दै उपाधिको संघारमा पुर्याए ।

त्यस्तै नेपाल टेलिकमले नेपाल आयल नियमलाई निराश पार्दै सिल्क ग्रुपसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आयल नियमका बिष्णु कटुवाललाई २१-७, २१-१०ले पराजित गर्दै खेललाई १-०को अवस्थामा पु¥याए । 

दोस्रो खेलमा निगमकी रशिला महर्जनले टेलीकमकी सिमा राजबंशीलाई २१-१२, २१-८ ले पराजित गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

तेस्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले निगमका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१-९, २१-८ ले पराजित गर्दै खेललाई २-१ को अवस्थामा पु¥याए । 

चौथो खेलमा निगमका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलिकमका जे.टी.गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१-१२, १६-२१, २१-८ ले पराजित गर्दै खेललाई २-२ को अवस्थामा पु¥याए । पाँचौ तथा अन्तिम खेलमा टेलिकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेशनका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१-१८, २१-९ को जित निकाल्दै ३-२ का साथ फाइनल यात्रा तय ग¥यो ।

फाइनल शुक्रबार दिनको एक बजे हुने कार्यक्रम रहेको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।