फाल्गुन १६, २०८२ शनिबार | १७:५३:१४
काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन

सिल्क ग्रुप र नेपाल टेलिकम फाइनलमा

काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकम कुमारी बैंक काठमाण्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन फाइनल प्रवेश गरेका छन् । 

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको च्याम्पियनसिपमा सिल्क ग्रुपले नेपाल विद्युत प्राधिकरणलाई ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेलमा सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेलमा २ -० को अग्रता लिए ।

विकासले प्राधिकरणका दीपक बोहरालाई २१-१८, २१-१७ ले तथा अनुमायाले शोभा गौचनलाई २१-१६, १८-२१, २१-१३ ले पराजित गरिन् । 

तेस्रो खेलमा श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१-११, २१-१४ ले पराजित गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । 

यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले प्राधिकरणका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१-१३, २१-१९ले पराजित गर्दै खेललाई ३-१ ले आफ्नो पक्षमा पार्दै उपाधिको संघारमा पुर्याए ।

त्यस्तै नेपाल टेलिकमले नेपाल आयल नियमलाई निराश पार्दै सिल्क ग्रुपसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आयल नियमका बिष्णु कटुवाललाई २१-७, २१-१०ले पराजित गर्दै खेललाई १-०को अवस्थामा पु¥याए । 

दोस्रो खेलमा निगमकी रशिला महर्जनले टेलीकमकी सिमा राजबंशीलाई २१-१२, २१-८ ले पराजित गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

तेस्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले निगमका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१-९, २१-८ ले पराजित गर्दै खेललाई २-१ को अवस्थामा पु¥याए । 

चौथो खेलमा निगमका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलिकमका जे.टी.गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१-१२, १६-२१, २१-८ ले पराजित गर्दै खेललाई २-२ को अवस्थामा पु¥याए । पाँचौ तथा अन्तिम खेलमा टेलिकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेशनका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१-१८, २१-९ को जित निकाल्दै ३-२ का साथ फाइनल यात्रा तय ग¥यो ।

फाइनल शुक्रबार दिनको एक बजे हुने कार्यक्रम रहेको छ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||