चैत्र १६, २०८२ सोमबार | २०:४६:४४
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

ब्याड्मिन्टनमा व्यवसायिकताको प्रयास

काठमाडौं । फुटबल, क्रिकेट र भलिबलजस्ता टिम खेलहरु अर्धव्यावसायिक बन्ने प्रयासमा रहेका बेला नेपाली ब्याड्मिन्टनलाई पनि व्यावसायिक बाटोमा डोर्याउने प्रयास भएको छ ।

सरकार र व्यावसायिक प्रतिष्ठानहरुको रोजाईमा पछि पर्दै आएको ब्याड्मिन्टन खेललाई व्यावसायिक बनाउने प्रयासस्वरुप काठमाडौं ब्याड्मिन्टन एकेडेमीले अर्को महिना काठमाडौंमा कर्पोरेट प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोतिगामा नेपाल ब्याड्मिन्टन संघको वरियताप्राप्त आठ पुरुष र आठ महिलाले विभिन्न व्यावसायिक प्रतिष्ठानको जर्सीमा प्रतिस्पर्धा गर्नेछन् । व्यावसायिक प्रतिष्ठानबाट निश्चित पारिश्रमिक लिएर एउटा मापदण्डका खेलाडीले प्रतिस्पर्धा गर्ने एकेडेमीका महासचिव दीपक थापाले जानकारी गराएका छन् ।

पुसको ६ देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ थप चार खेलाडी सहभागि गराउने प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले ब्याड्मिन्टनलाई व्यावसायिक बनाउने प्रयासमा यो प्रतियोगिता एउटा कोसेढुंगा सावित हुने बताए ।

कुमारी बैंकको प्रायोजन रहेको च्याम्पियनसिपमा आठ कर्पोरेट हाउसले बरियतामा रहेका एक पुरुष र एक महिला खेलाडीहरुलाई आफूसंग आवद्ध गर्ने छन् भने अन्य खेलाडी कम्तिमा दुई बर्ष संस्थामा कार्यरत रहेका ब्यक्ति अथवा खेलाडी हुनु पर्ने छ । खेलाडीहरुलाई चिट्ठाको आधारमा कर्पोरेट हाउसमा आवद्ध गरिने जनाइएको छ ।
करिब  ४९ लाख ४६ हजार लागत रहेको च्याम्पियनसिपमा  खेलाडीहरुलाई दर्ता हुने वित्तिकै २० हजार रुपैया प्राप्त गर्नेछन् । प्रत्येक खेलबापत थप २५ सय रुपैया  पनि प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरेता पनि ३५ हजार रुपैयाँ  प्राप्त गर्ने थापाले बताए ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार रुपैयाँ, उपविजेता टिमका खेलाडीले ६० हजार रुपैयाँ,तेस्रोले  ५५ हजार रुपैयाँ र चौथोले ४७ हजार ५ सय रुपैया प्राप्त गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो