चैत्र १७, २०८२ मंगलबार | २१:३९:२१
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

प्रिन्स र रसिलाको विजयी सुरुवात

काठमाडौं । लि-निङ १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा सोमबार शीर्ष आठ वरियताका खेलाडीहरुबीच भएको प्रतिस्पर्धामा तीन पटकका विजेता एपिएफका प्रिन्स दाहाल र ललितपुरकी रसिला महर्जनले विजयी सुरुआत गरेका छन् ।

महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा नेपाल नम्बर एक खेलाडी प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिसका सुनिल जोशीलाई २१-११, २१-११ ले पराजित गरेका हुन् । यस्तै महिलातर्फ नम्बर एक खेलाडी रसिलाले मोरङकी सीमा राजवंशीमाथि २१-१२, २१-१४ को जित निकालिन् ।

पुरुष तर्फकै अन्य खेलमा नेपाल पुलिसका जीवन आचार्यले एपिएफका विजित थापा मगरलाई २१-१४, २१-१३, ललितपुरका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१-१३, २१-१५ र एपिएफका देवराज रानाले पुलिसका विष्णु कटुवाललाई २४-२२, २१-१३ ले पराजित गरे ।

यस्तै महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबकी अनुमाया राइले सर्लाहीकी निकिता लामालाई २१-१०, २१-१२, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई २१-१०, २५-२३ र भोजपुरकी नङ्गशल तामाङले पुलिसकी निता लम्साललाई २१-१५, २१-१८ ले पराजित गरे ।

यस्तै आजै भएको  शीर्ष आठ बाहेकको पुरुष एकलको प्रतिस्पर्धामा देवीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरले किर्तिपुर ब्याडमिन्टन क्लबका सुलभ पौडेललाई २१-१६, २१-१३ ले, आर्मीका लक्ष्मण रानाले मण्डला ब्याडमिन्टन क्लबका निरन्जन सिलवाललाई २१-११, १७-२१, २१-९ ले, देबी नगर ब्याडमिन्टन क्लबका बबिश थापाले रिभाईभका किरण न्यौपानेलाई २१-१३, २१-१५ ले हराए  ।

रसिला महर्जन

यस्तै आर्मीका पविन लिनथेप, पर्साका सत्यम विपिन मिश्र, आर्मीका सन्तोष पनेरु, पाँचथरका दिवस शंकर, युनिग्लोव कलेजका सक्षम ढकाल, एपिएफका सुजन थापा, आर्मीका नरेन्द्र बम र सौर्य महर्जन, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बु, आर्मीका सुप्रिम पन्त, नखिपोटका विवेक चौधरी र देवीनगर ब्याडमिन्टन क्लबका अमन भट्टले पनि जित हात पारे ।

पविनले एपिएफका प्रदीप सोतीलाई २१-७, २१-९, सत्यमले रिसोल्ट कन्सल्ट्यान्सीका निशान गुरुङबाट वाकओभर, सन्तोषले देवीनगरका आकाश कटुवाललाई २१-१२, २१-१७, दिवसले भोजपुरका विशाल तामाङलाई २१-१३, १२-२१, २१-१७, सक्षमले ललितपुरका संगम मोक्तानलाई २१-८, २१-८, नरेन्द्रले कैलालीका शिशिर रानालाई २१-१८, २१-१९, सौर्यले रिभाईभका अनन्त पाख्रिनलाई २१-१३, २१-१९, नगेन्द्रले कन्चनपुरका निखिल भट्टलाई २१-१६, १६-२१, २३-२१, सुप्रिमले पर्साका कृष गुप्तालाई २१-६, २१-१३, विवेकले बनस्थलीका प्रकास सापकोटालाई २१-७, २१-१५ र अमनले एपिएफका प्रारम्भ सिमखडालाई १८-२१, २१-१५, २१-१९ ले पराजित गरे ।

यस्तै यु-१३ छात्रतर्फ भोजपुरका तयावुङ्गराई, किर्तिपुरका गगन बिक र सामन्त बज्राचार्य, नेपाल पुलिस स्कुलका प्रनिष कार्की, धन्यन्तरीका सुहम कार्की, कास्कीका अमृत थापा, नेपाल पुलिस स्कुलका श्याम भण्डारी, कैलालीका रियांस चौधरी, इन्टरनेशनल ब्याडमिन्टन डेभलोपमेन्ट सेन्टरका अच्युत ढुङ्गेलले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गरे ।

नेपाल कमनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा नेकपा एमाले भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो