चैत्र ६, २०८२ शुक्रबार | १९:०९:५३
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

मुख्य मन्त्री कप ब्याडमिन्टनः पुर्ण र गौरवको जोडी सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।

पुर्ण र गौरवको जोडीले सुर्यदर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१-१९, २२-२० ले पराजित गरे ।

उनीहरुले सेमिफाइनलमा एपिएफका देवराज राना र क्षितिज खनालको जोडीसँगको प्रतिस्पर्धा गर्ने छन् । देवराज  र क्षितिजको जोडीले नखिपोटका बिवेक चौधरी र निखिल भट्टको जोडीलाई २१-९, २१-१० ले पराजित गरेका हुन् ।

यस्तै अर्को खेलमा एपिएफका सुजन थापा र राजु थापाको जोडीले आफ्नै क्लबका अमन महर्जन र रोशन साउदको जोडीलाई २१-१४, १९-२१, २१-१२ ले पराजित गर्दै सेमिफाइलमा नेपाल पुलिस क्लबका दीपक थापा र सुनिल जोशीको जोडीसँगको भेट पक्का गरेका छन् । दीपक र सुनिलको जोडीले देवीनगरका बविश थापा र गोलु ऐरको जोडीलाई २१-१६, २१-९ ले पराजित गरे ।

बशुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई २१-१९, १६-२१, २१-१४ ले पराजित गरे ।

उनले सेमिफानलमा एपिएफकै देवराज रानासँग प्रतिस्वर्धा गर्ने छन् । देवराज एपिएफकै अनिल मल्ललाई २२-२०, २१-१५ ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।

अर्को खेलमा नखिपोटका बिवेक चौधरीले एपिएफका रोशन साउदलाई २१-१८, २१-१७ ले तथा एपिएफका क्षितिज खनालले एपिएफकै अरुण अधिकारीलाई १९-२१, २१-१४, २१-९ ले पराजित गरे ।  सेमिफाइनलमा यी दुईले प्रतिस्पर्धा गर्ने छन् ।

महिला एकलतर्फ एपिएफकी शोभा गौचन, कस्तुरी कलेजकी सिमा राजबंशी, एपिएफकी रिना तामाङ्ग र पुलिसकी निता लम्सालले पनि सेमिफाइनलमा स्थान बनाए । शोभाले पुलिसकी सुषमा श्रेष्ठलाई २१-११, २१-१९, सिमाले देवीनगरकी प्रिया गौडलाई २१-८, २१-३, रिनाले सर्लाहीकी निकिता लामाबाट वाकओभर र निताले एपिएफकी एन्जिला वाङ्गलाई २१-४, २१-३ ले पराजित गरे ।

ब्वाइज यु-१३ तर्फ तनहुँका सफल भुजेलले स्पोर्टस हबका सदीप राईलाई २१-१३, २१-१६, कैलालीका रियाँश चौधरीले धन्यन्तरीका सत्यम कार्कीलाई २३-२१, १३-२१, २३-२१, एपिएफका आयुष सिमखडाले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई १३-२१, २१-१७, २१-५ र कैलालीका आदित्य चौधरीले धन्यन्तरीका सुहम कार्कीलाई २१-१५, २१-१९ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।

यस्तै सोही समूहको गर्ल्सतर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका निभा राई, ग्यालेक्सी पब्लिक स्कुलकी अक्षरा यादव, सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता कार्कीले पनि अन्तिम ४ मा स्थान बनाए । निभाले एपिएफकी आश्रुती कार्कीलाई २१-४, २१-५, अक्षराले दीपक ब्याडमिन्टनकी उपासना बोहरालाई २१-५, २१-१८, आश्नाले एपिएफकी एन्जिाला वाङ्गलाई २१-१०, २१-६ र अश्मिताले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१-६, २१-५ ले पराजित गरेका हुन् ।

ब्वाइज यु-१९ तर्फ एपिएफका रोशन साउदले देवीनगरका सक्षम ढकाललाई २१-१३, २१-१५ ले पराजित गर्दै सेमिफाइनलमा युनिटीका सुनिल कार्कीसँगको भेट पक्का गरे । सुनिलले सुर्यदर्शनका अमन डङ्गोललाई २१-१७, २१-१३ ले पराजित गरे ।

यस्तै अर्को खेलमा एपिएफका अनिल मल्लले एपिएफकै प्रारम्भ सिमखडालाई २१-६, २१-५ र एपिएफका अरुण अधिकारीले स्पोर्टस हबका अनुज तामाङलाई १५-२१, २१-१३, २२-२० ले पराजित  गरे । उनीहरु सेमिफाइनलमा भिड्ने छन् ।

यसै विधाको गर्ल्सतर्फ एपिएफकी रिना तामाङ्गले ग्यालेक्सीकी अक्षरा यादवलाई २१-६, २१-४ ले पराजित गर्दा मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनकी निभा राईले दीपक ब्याडमिन्टनकी उपासना बोहराबाट वाकओभर पाइन् । यी दुईले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी इमाडोलकी टिसा रानी शाक्यले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१-२, २१-७ र दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले कास्कीकी आयुष्मा नेपाललाई २१-९, २३-२१ ले पराजित गर्दै सेमिफाइनलको भेट पक्का गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो