चैत्र ८, २०८२ आइतबार | १७:५०:३८
बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै

अनिल मुख्य मन्त्री कपको क्वार्टरफाइनलमा

काठमाडौं । नेपाल एपिएफका क्लबका अनिल मल्ल प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बशुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा आयोजित प्रतियोगितामा अनिलले नेपाल पुलिस क्लबका पुर्णबहादुर थापालाई २१-१५, २१-१५ को सोझो सेटमा पराजित गरे ।

फिटनेश पार्कको आफ्नै कोर्टमा भएको प्रतियोगिताको यु-१३ तर्फ तनहुँका सफल भुजेल र स्पोर्टस हबका सदीप राईले अन्तिम क्वार्टरफाइनलको यात्रा तय गरे । सफलले देवी नगरका प्रज्वल श्रेष्ठलाई २१-१२, २१-१३ र सदीपले केबिसीका सामन्त बज्राचार्यलाई २१-९, २१-७ ले स्तब्ध बनाए ।

यस्तै यही विधामा अन्तिम आठ प्रवेश गर्ने क्रममा कैलालीका रियांश चौधरीले दोलखाका आरभ श्रेष्ठलाई २१-१३, २१-१०, धन्यन्तरीका सत्यम कार्कीले ग्यालेक्सी पब्लिकका शुभम चौहानलाई २१-१४, २१-१२, धन्यन्तरीकै सुहम कार्कीले सर्लाहीका प्रनिश कार्कीलाई २१-१४, २१-१२, एपिएफका आरुष सिमखडाले दोलखाका अग्रिम श्रेष्ठलाई २१-८, २१-१२, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका शिभम कसुधनलाई २४-२२, १३-२१, २१-१७ र कैलालीका आदित्य चौधरीले एपिएफका आनन्द पोखरेललाई २१-३, २१-८ ले पराजित गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो