चैत्र ११, २०८२ बुधबार | १४:५८:०१
करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै

मेयर कप राष्ट्रिय ब्याडमिन्टनः सुमित र सुरोजको जोडी दोश्रो चरणमा

काठमाडौं । बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा मंगलबारबाट सुरु भएको दोश्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् ।

उच्च २० वरिययता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१-७, २१-३ ले पराजित गरे ।

बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्धन्द्धी  सुनाकोठीका अनिल कुमार महर्जन र राज कृष्ण महर्जनको जोडीलाई २१-१२, १७-२१, २३-२१ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

रिमिक्स क्लबको आफ्नो कोर्टमा भएको प्रतियोगिताको आज दोश्रो चरण प्रवेश गर्ने क्रममा सेनाका सुर्य महर्जन र सुप्रिम पन्थको जोडी सैबु ब्याडमिन्टन क्लबका मधुसुदन थापा र सैलेन्द्र थापाको जोडीलाई २१-७, २१-१३, हेमरिकका मनिष वीर बज्राचार्य  निशेष राज शाक्यको जोडीले बालकुमारीका क्यारोन महर्जन र रमन महर्जनको जोडीलाई २२-२०, १४-२१, २१-१९, एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडीले नमुना ब्याडमिन्टन क्लबका राम प्रसाद चौधरी र अशोक कुमार खातीको जोडीलाई २१-१२, २१-१५, ललितपुर वडा नं ६ का गौतम शाक्य र संजय शाक्यको जोडीले एपिएफका प्रदीप सोती र आरुष सिमखडाको जोडीलाई २१-८, २१–१७ ले स्तब्ध बनाए ।

यस्तै बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले कोन्तीका निरजन खड्गी र रितेश खड्गीको जोडीलाई २१-१३, २१-१२, एपिएफका अमन महर्जन र अनिल मल्लाको जोडीले सेनाका कविर के।सी। र लक्षम्ण रानाको जोडीलाई १५-२१, २२-२०, २१-९ ले हराउँदा सैबु ब्याडमिन्टन क्लबका सन बहादुर राई र कमल तामाङ्गको जोडीले भैसेपाटीका बुद्धिमान बुढाथोकी र दिनेश ठकुरीको जोडीबाट वाकओभर पाए ।

जोरपाटी ब्याडमिन्टन क्लबका लोक लामा र लक्ष्मण सुनुवारको जोडीले हरिशिद्धीका साजन महर्जन र संजीप महर्जनको जोडीलाई २१-११, २१-९, चाकुपाटका सुमन शाक्य र जुवान तण्डुकारको जोडीले ललितपुर वार्ड नं। ६ का रोजल शाक्य र सुमेध शाक्यको जोडीलाई २३-२१, २५-२३, बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीले कैलालीका संदेश पाण्डे र सुवास साउदको जोडीलाई २१-११, २१-१६, चासीडोल ब्याडमिन्टन क्लबका राम लामा र साजन महर्जनको जोडीले बुङ्गमतीका विनेश महर्जन र कवी तुलाधरको जोडीलाई २१-१९, १४-२१, २१-१२, मानभवनका विभोर लामा र जय राईको जोडीले सुनाकोठीका रविन्द्र महर्जन र राकेश महर्जनको जोडीलाई २१–१८, २१–१६ ले हराए ।  

सैबुका ओमकार गुरुङ र अजय थापा मगरको जोडीले ललितपुर वार्ड नं। ६ का आर्यन शाक्य र संयक शाक्यको जोडीलाई २१-१९, २०-२२, २५-२३, ललितपुरका पुजन चित्रकार र चितवनका अलिष थापाको जोडीले बालकुमारीका सरोज महर्जन र सुरेन्द्र महर्जनको जोडीलाई २१-१३, २१-१२ ले पराजित गरे ।

यस्तै कीर्तिपुरका निखिल भट्ट र सेनाका सन्तोष पनेरुको जोडीले बालकुमारीका श्याम महर्जन र दथु राईको जोडीलाई २१-११, २१-११, एपिएफका जोसेफ अधिकारी र भोज बहादुर गुरुङ्गको जोडीले क्लब ७ का सुमन महर्जन र उज्वल शाक्यको जोडीलाई २१-११, २१-१३, एपिएफका सोम्बर चौधरी र बिशाल प्रधानको जोडीले हेमरिकका सिद्धार्थ महर्जन र राकेश शाक्यको जोडीलाई १८-२१, २१–१५, २१-१४, चन्द्रागिरीका माधव ढकाल र प्रनिश ढकालको जोडीले माउण्ट ओलिभ स्कुलका सुमन मावो लिम्बु र रिजन याम्फुको जोडीलाई २१-१८, २१-१७, जोरपाटी ब्याडमिन्टन क्लबका दिवश पाण्डे र युवराज तामाङ्गको जोडीले काठमाण्डौका आयुश साम्ला र आयुश्मान श्रेष्ठको जोडीलाई २१-१७, २१-१७ स्तब्ध बनाए ।

देवीनगर सर्कलका हेमन्त ऐर र भविष थापाको जोडीले फ्लेक्स फिटनेश सेन्टरका शेखर महत र सुशिल शाक्यको जोडीलाई २१-१७, २१-११, ललितपुरका प्रवचन शाक्य र रोहेन शाक्यको जोडीले सैबुका अर्जुन शाही र  पुरुषोत्तम थापाको जोडीलाई २१-१८, २१-९,  र बुङ्गमतीका   प्रेमराज शाक्य र अरुण तुलाधरको जोडीले बालकुमारीका साइनिङ बज्राचार्य र किरण महर्जनको जोडीलाई २१-१६, २१-१६ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

प्रतियोगिताको ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जनले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । ५ दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु-१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शीर्ष २० वरियता बाहेकको पुरुष युगल र ४५ वर्षमाथीको भेट्रान्स युगल ९खुला० गरि ६ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ विजेताले  ४० हजार रुपैयाँका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपिवजेताले  २० हजार रुपैयाँसहित  मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

यसैगरी पुरुष युगलतर्फका विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले  १० हजार रुपैयाँ सहितमेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यु-१७ छात्र/ छात्रा तथा भेट्रान्स युगलतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

करिब ३० लाख रुपैयाँ बजेट रहेको प्रतियोगितामा २ सय ६७ खेलाडीले सहभागिता जनाएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो