माघ १८, २०८२ आइतबार | १६:०७:१०
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः श्रीलंका च्याम्पियन

काठमाडौं । श्रीलंका दक्षिण एसियाली जुनिय ब्याडमिन्टन च्याम्पियनसिपमा यू-१५ र यू-१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको च्याम्पियन बनेकाे छ । 

सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा आइतबार भएको भएको  यू-१५ तर्फको फाइनलमा  श्रीलंकाले  नेपाललाई ३-० ले पराजित गर्दै उपाधी उचालेको हो ।

श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१-१७, २१-१७ को समान अन्तरले पराजित गरे । नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१-८, २१-१३ ले पराजित गरे । 

यसैगरी केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-१७ ले पराजित गरे ।  तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै यू-१७ तर्फ श्रीलंकाले बंगलादेशलाई ३-२ ले पराजित गर्दै उपाधी उचालेको हो । पहिलो सेट बंगालादेशका एसएसएम सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१-९, १३-२१, २१-१८ ले पराजित गर्दै खेललाई १-० को अवस्थामा पुर्याए । दोश्रो खेलमा रनिथ्मा लियानागेले  सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै श्रीलंकालाई १-१ को बराबरीमा ल्याए ।

यसैगरी तेश्रो खेलमा  राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै बंगलादेशलाई २-१ को अवस्थामा पुर्याएका थिए । चौथो खेलमा रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात श्रीलंका २-२ को बराबरीमा पुग्यो ।

पाँचौं तथा निर्णायक खेलमा थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले  एसएसएम सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१-११, २३-२५, २१-१० ले पराजित गर्दै श्रीलंकालाई ३-२ काे राेमाञ्चक जित दिलाए ।  भुटान र नेपाल तेश्रो स्थानमा रहे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।