माघ १६, २०८२ शुक्रबार | १७:१८:४४
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

केबिएले मनायो ब्याडमिन्टन दिवस

काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस’ बाल मन्दिर, नक्सालमा मनाएको छ ।  ब्याडमिन्टन दिवस प्रत्येक वर्ष जुलाई ५ मा मनाइन्छ ।

अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका भने यस खेलका प्राविधिक शब्दावली बारे पनि जानकारी लिएका थिए । 

कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति  थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए ।

कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

बाल मन्दिरकी अध्यक्ष न्यौपानेले भनिन्,‘बाल मन्दिरमा आश्रित बालिकाहरूलाई खेल्ने पाउने समान अवसर दिएकोमा काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई धेरै धेरै धन्यवाद । आज हाम्रा छोरीहरूले रमाइलो गर्ने अवसर पाए । आउने दिनमा हामी अरु खेलमा पनि अग्रसरता दिनेछौं ।’

काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले भने ‘हामीले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएका थियौं । यो दिवसलाई यसपाली फरक तरिकाले मनाउन हामीले बाल मन्दिर छनोट गरेका हौं । सबैले राम्रो गरे, रमाइलो माने, विश्व ब्याडमिन्टन दिवसलाई सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण गरेको थियो ।

बाल मन्दिरका बालिकालाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर १ महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टनको र्याकेट समातेर सटललाई प्रहार गर्दै नेट कटाउन सिकाएका थिए ।

यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गरिन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।