चैत्र १३, २०८२ शुक्रबार | ००:२४:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

केबिएले मनायो ब्याडमिन्टन दिवस

काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस’ बाल मन्दिर, नक्सालमा मनाएको छ ।  ब्याडमिन्टन दिवस प्रत्येक वर्ष जुलाई ५ मा मनाइन्छ ।

अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका भने यस खेलका प्राविधिक शब्दावली बारे पनि जानकारी लिएका थिए । 

कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति  थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए ।

कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

बाल मन्दिरकी अध्यक्ष न्यौपानेले भनिन्,‘बाल मन्दिरमा आश्रित बालिकाहरूलाई खेल्ने पाउने समान अवसर दिएकोमा काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई धेरै धेरै धन्यवाद । आज हाम्रा छोरीहरूले रमाइलो गर्ने अवसर पाए । आउने दिनमा हामी अरु खेलमा पनि अग्रसरता दिनेछौं ।’

काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले भने ‘हामीले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएका थियौं । यो दिवसलाई यसपाली फरक तरिकाले मनाउन हामीले बाल मन्दिर छनोट गरेका हौं । सबैले राम्रो गरे, रमाइलो माने, विश्व ब्याडमिन्टन दिवसलाई सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण गरेको थियो ।

बाल मन्दिरका बालिकालाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर १ महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टनको र्याकेट समातेर सटललाई प्रहार गर्दै नेट कटाउन सिकाएका थिए ।

यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गरिन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो