चैत्र १३, २०८२ शुक्रबार | ०८:२३:४१
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

ब्याडमिन्टनः सिंगल्समा राजु र रिहानालाई स्वर्ण

ब्याडमिन्टनको पुरुष सिंगल्समा स्वर्ण विजेता राजु गरन्जा ।

हेटौंडा । चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।

राजुले पुरुष तथा रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् ।

साबिक विजेता राजुले हेटौंडा उपमहानगरपालिका-११स्थित थाना भर्याङमा बुधबार सम्पन्न फाइनलमा चितवनकै निसान गुरुङलाई २१-१० र २१-५ ले हराए । 

काभ्रेपलान्चोकका आशिष तामाङले कास्य पदकको प्रतिस्पर्धामा धादिङका अस्विन थापामगरमाथि २१-५ र २१-६ को जित निकाले ।

रिहानाले स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१-५ र २१-६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कास्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९-२१, २१-१३ र २१-१६ ले पराजित गरिन् । 

महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यको जोडीलाई २१-१७ र २१-१६ को जित हराएका हुन् । काठमाडौंका मनीषा खड्का र रिहाना शेरचनको जोडीले कास्य पदक प्राप्त गरे ।

पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१-१२ र २१-१६ ले हराए । यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते ।

मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१-४ र २१-१८ को सहज जित निकाले ।

धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कास्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो