माघ १५, २०८२ बिहीबार | ०६:१४:००
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

ब्याडमिन्टनः सिंगल्समा राजु र रिहानालाई स्वर्ण

ब्याडमिन्टनको पुरुष सिंगल्समा स्वर्ण विजेता राजु गरन्जा ।

हेटौंडा । चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।

राजुले पुरुष तथा रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् ।

साबिक विजेता राजुले हेटौंडा उपमहानगरपालिका-११स्थित थाना भर्याङमा बुधबार सम्पन्न फाइनलमा चितवनकै निसान गुरुङलाई २१-१० र २१-५ ले हराए । 

काभ्रेपलान्चोकका आशिष तामाङले कास्य पदकको प्रतिस्पर्धामा धादिङका अस्विन थापामगरमाथि २१-५ र २१-६ को जित निकाले ।

रिहानाले स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१-५ र २१-६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कास्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९-२१, २१-१३ र २१-१६ ले पराजित गरिन् । 

महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यको जोडीलाई २१-१७ र २१-१६ को जित हराएका हुन् । काठमाडौंका मनीषा खड्का र रिहाना शेरचनको जोडीले कास्य पदक प्राप्त गरे ।

पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१-१२ र २१-१६ ले हराए । यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते ।

मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१-४ र २१-१८ को सहज जित निकाले ।

धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कास्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।