माघ १७, २०८२ शनिबार | ०९:३६:३५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

टोकियो ओलम्पिकमा ठगिएका पार्कीलाई बर्लिन म्याराथनका लागि विदाई

काठमाडौं, (खेलाडी)- जर्मनीमा आगामी आइतबार हुने बिएमडब्लु बर्लिन म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्की र उनका प्रशिक्षक सन्तोष श्रेष्ठलाई एथ्लेटिक्स परिवार, नेपालले सोमबार विदाई गरेको छ ।

नेपालमै दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका धावक गोपीलाई एथ्लेटिक्स स‌ंघका पूर्व अध्यक्ष रघुराज वन्त, एथ्लेटिक्स परिवारका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीहरुले खेल पोशाक र खेल सामाग्री प्रदान गरी विदाई गरे ।

सोही कार्यक्रममा परिवारका सल्लाहकार सुनील राजवंशी र संघका पूर्व अध्यक्ष वन्तले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खुराकी खर्च भन्दै ५० हजार रुपैयाँ प्रदान गरे ।

कार्यक्रममा जानकारी गराइएअनुसार बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली टोलीलाई तीन दिनको बसोवास तथा खाना खर्च आयोजकले बेहोर्छ । बाँकी बाँकी तीन दिनको सबै खर्च एथ्लेटिक्स परिवारका सल्लाहकार भण्डारीले सहयोग स्वरुप उपलव्ध गराउनेछन् । 

यसैगरी धावक पार्कीलाई आगामी तीन वर्षका लागि खेल पोशाक पूर्व एथ्लेटिक्स खेलाडी एवं परिवारका सल्लाहकार मोहन नेपाल, सुनील राजव‌शी, सत्रुधन श्रेष्ठ, सविन प्रधान र प्रचण्ड कर्माचार्यले उपलब्ध गराउने भएका छन् ।

पार्की र प्रशिक्षक श्रेष्ठको हवाई टिकट राष्ट्रीय खेलकुद परिषदले उपलब्ध गराएको छ ।

गत वर्ष मंसिरमा नेपालगञ्जमा ओलम्पिक छनोट भन्दै गरिएको नेपालगञ्ज म्याराथनका च्याम्पियन गोपी अन्तिम समयमा आएर जापानमा गत महिना सम्पन्न टोकियो म्याराथनमा सहभागिताबाट बञ्चित भएका थिए । 

नेपालगञ्जमा आफै टोकियो ओलम्पिकका लागि छनोट भएको भन्दै प्रचारवाजी गरेको नेपाल ओलम्पिक कमिटी तथा नेपाल एथ्लेटिक्स संघले ओलम्पिक सुरु हुनुभन्दा १५ दिन पहिलामात्र म्याराथनमा नेपालले कोटा नपाएको भन्दै सरस्वती चौधरीलाई उनको स्थानमा जापान लगेको थियो ।

नौं महिनासम्म ओलम्पिकमा दौड्न भन्दै दिनरात अभ्यास गरेका गोपीचन्द्रको बाटो अन्तिम समयमा रोकेपछि ओलम्पिक कमिटी, खेलकुद परिषद र एथ्लेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै चोखिने प्रयास गरेका थिए । सोही क्रममा नेपाली खेलकुदका तीन ठूला निकायले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको वातावरण मिलाउने भन्दै उनलाई थुम्थुम्याएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।