चैत्र १६, २०८२ सोमबार | २२:०५:२८
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

टोकियो ओलम्पिकमा ठगिएका पार्कीलाई बर्लिन म्याराथनका लागि विदाई

काठमाडौं, (खेलाडी)- जर्मनीमा आगामी आइतबार हुने बिएमडब्लु बर्लिन म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्की र उनका प्रशिक्षक सन्तोष श्रेष्ठलाई एथ्लेटिक्स परिवार, नेपालले सोमबार विदाई गरेको छ ।

नेपालमै दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका धावक गोपीलाई एथ्लेटिक्स स‌ंघका पूर्व अध्यक्ष रघुराज वन्त, एथ्लेटिक्स परिवारका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीहरुले खेल पोशाक र खेल सामाग्री प्रदान गरी विदाई गरे ।

सोही कार्यक्रममा परिवारका सल्लाहकार सुनील राजवंशी र संघका पूर्व अध्यक्ष वन्तले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खुराकी खर्च भन्दै ५० हजार रुपैयाँ प्रदान गरे ।

कार्यक्रममा जानकारी गराइएअनुसार बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली टोलीलाई तीन दिनको बसोवास तथा खाना खर्च आयोजकले बेहोर्छ । बाँकी बाँकी तीन दिनको सबै खर्च एथ्लेटिक्स परिवारका सल्लाहकार भण्डारीले सहयोग स्वरुप उपलव्ध गराउनेछन् । 

यसैगरी धावक पार्कीलाई आगामी तीन वर्षका लागि खेल पोशाक पूर्व एथ्लेटिक्स खेलाडी एवं परिवारका सल्लाहकार मोहन नेपाल, सुनील राजव‌शी, सत्रुधन श्रेष्ठ, सविन प्रधान र प्रचण्ड कर्माचार्यले उपलब्ध गराउने भएका छन् ।

पार्की र प्रशिक्षक श्रेष्ठको हवाई टिकट राष्ट्रीय खेलकुद परिषदले उपलब्ध गराएको छ ।

गत वर्ष मंसिरमा नेपालगञ्जमा ओलम्पिक छनोट भन्दै गरिएको नेपालगञ्ज म्याराथनका च्याम्पियन गोपी अन्तिम समयमा आएर जापानमा गत महिना सम्पन्न टोकियो म्याराथनमा सहभागिताबाट बञ्चित भएका थिए । 

नेपालगञ्जमा आफै टोकियो ओलम्पिकका लागि छनोट भएको भन्दै प्रचारवाजी गरेको नेपाल ओलम्पिक कमिटी तथा नेपाल एथ्लेटिक्स संघले ओलम्पिक सुरु हुनुभन्दा १५ दिन पहिलामात्र म्याराथनमा नेपालले कोटा नपाएको भन्दै सरस्वती चौधरीलाई उनको स्थानमा जापान लगेको थियो ।

नौं महिनासम्म ओलम्पिकमा दौड्न भन्दै दिनरात अभ्यास गरेका गोपीचन्द्रको बाटो अन्तिम समयमा रोकेपछि ओलम्पिक कमिटी, खेलकुद परिषद र एथ्लेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै चोखिने प्रयास गरेका थिए । सोही क्रममा नेपाली खेलकुदका तीन ठूला निकायले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको वातावरण मिलाउने भन्दै उनलाई थुम्थुम्याएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो