माघ १४, २०८२ बुधबार | ०७:४१:५७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

कीर्तिमानी धावक मानन्धरलाई फाउन्डेसनको सम्मान

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई डा. खगेन्द्र स्पोर्टस फाउन्डेसनले सम्मान गरेको छ ।

नेपाली खेलकुदको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएवापत मानन्धरलाई फाउन्डेसनले ‘लाइपटाइम अचिभमेन्ट अवार्ड’बाट शनिबार सम्मानित गरेको हो ।

मानन्धरले तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)का लगातार तीन संस्करणमा म्याराथनको स्वर्ण पदक जितेका थिए । तत्कालिन साफ (हालको साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्दै ह्‍याट्रिक गर्ने मानन्धर नेपालका पहिलो खेलाडी हुन् । 

काठमाडौंमा १९८४ मा सम्पन्‍न पहिलो साफमा म्याराथनको स्वर्ण जितेका मानन्धरले १९८५ मा बंगलादेशको ढाका तथा १९८७ मा भारतको कोलकातामा सम्पन्‍न तेस्रो संस्करणमा पनि लगातार स्वर्ण पदक जितेका थिए । 

कोलकाताको तेस्रो साफमा स्वर्ण पदक जित्दा मानन्धरले २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा म्याराथनको दुरी पूरा गर्दै दक्षिण एसियाली कीर्तिमान बनाएका थिए । जुन अहिलेसम्म पनि अरु कसैले तोड्न सकेको छैन । 

मानन्धर ओलम्पिकमा सबभन्दा धेरै पटक सहभागि हुने नेपाली खेलाडी हुन् । उनले चार पटक ओलम्पिकमा सहभागिता जनाएका छन् । 

फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्‍ठ तथा पूर्वधावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मानपत्र प्रदान गरे । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate