चैत्र १४, २०८२ शनिबार | ०६:१४:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कीर्तिमानी धावक मानन्धरलाई फाउन्डेसनको सम्मान

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई डा. खगेन्द्र स्पोर्टस फाउन्डेसनले सम्मान गरेको छ ।

नेपाली खेलकुदको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएवापत मानन्धरलाई फाउन्डेसनले ‘लाइपटाइम अचिभमेन्ट अवार्ड’बाट शनिबार सम्मानित गरेको हो ।

मानन्धरले तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)का लगातार तीन संस्करणमा म्याराथनको स्वर्ण पदक जितेका थिए । तत्कालिन साफ (हालको साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्दै ह्‍याट्रिक गर्ने मानन्धर नेपालका पहिलो खेलाडी हुन् । 

काठमाडौंमा १९८४ मा सम्पन्‍न पहिलो साफमा म्याराथनको स्वर्ण जितेका मानन्धरले १९८५ मा बंगलादेशको ढाका तथा १९८७ मा भारतको कोलकातामा सम्पन्‍न तेस्रो संस्करणमा पनि लगातार स्वर्ण पदक जितेका थिए । 

कोलकाताको तेस्रो साफमा स्वर्ण पदक जित्दा मानन्धरले २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा म्याराथनको दुरी पूरा गर्दै दक्षिण एसियाली कीर्तिमान बनाएका थिए । जुन अहिलेसम्म पनि अरु कसैले तोड्न सकेको छैन । 

मानन्धर ओलम्पिकमा सबभन्दा धेरै पटक सहभागि हुने नेपाली खेलाडी हुन् । उनले चार पटक ओलम्पिकमा सहभागिता जनाएका छन् । 

फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्‍ठ तथा पूर्वधावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मानपत्र प्रदान गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो