चैत्र १२, २०८२ बिहीबार | १९:२६:०६
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

बोगटीले जिते नेपालगञ्ज म्याराथन

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) का किरणसिंह बोगटीले शनिबार सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका छन् ।

दुई वर्षअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा म्याराथनबाट स्वर्ण पदक जितेका बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा दुरी पूरा गर्दै नेपालगञ्ज म्याराथनको उपाधीमा कब्जा जमाए ।

२ घण्टा ३३ मिनेट २८ मिनेटमा दुरी पूरा गरेका नेपाली सेनाका नरेन्द्र रावल दोस्रो हुँदा एपिएफकै सन्तोष बिष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेन्डको टाइमिङका साथ तेस्रो भए ।

खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौ, छैटौ र सातौ भएका छन् ।

उपाधीसँगै बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता रावलले ५० हजार, तेस्रो हुने बिष्टले २५ हजार, चौथो भएका खड्काले १५ हजार, पाँचौ भएका महतराले १० हजार, छैटौं भएका प्रतापले ८ हजार र सातौं भएका गिरीले ६ हजार रुपैयाँ प्राप्त गरे । 

महिला हाफ म्याराथनमा एक घण्टा १८ मिनेट ४८ सेकेन्डको टाइमिङका साथ साग स्वर्णधारी सन्तोषी श्रेष्ठले उपाधि जित्दा एपिएफकी पुष्पा भण्डारी एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन । हाफ म्याराथनमा विन्दु हमाल तेस्रो हुँदा सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, कल्पना थारु छैटौं र चन्द्रमाया रावत सातौ भए ।

हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन् । उपविजेता भण्डारीले २५ हजार, तेस्रो भएकी हमालले १५ हजार, चौथो भएकी बोहराले १० हजार, पाँचौ भएकी शाहीले ८ हजार, छैटौं भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी १० किलोमिटर खुला पुरुषमा मुकेश पाल पहिलो हुँद्या तीर्थ पुन दोस्रो तथा सन्तोषनाथ योगी तेस्रो भए । पालले २५ हजार, पुनले १५ हजार र योगीले १० हजार रुपैया पुरस्कार पाए ।

५ किलोमिटर खुला महिलामा राजपुरा पछाई पहिलो, फूलमति राना दोस्रो तथा बन्दना बुढा तेस्रो भए । त्यस्तै ५ किलोमिटर छात्रमा बादल कार्की पहिलो, अतुल गोडिया दोस्रो तथा दीपेन्द्र बोहरा तेस्रो भए । ३ किलोमिटर छात्रामा सविता बुढा पहिलो, मन्जिता ऐडी दोस्रो र रविना शेष तेस्रो भए ।

ह्वील चियरमा महेश चौधरी पहिलो, यज्ञबहादुर खत्री दोस्रो र चन्द्रबहादुर कामी तेस्रो भएको आयोजक क्रिएटिम ह्यान्ड्सले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो