माघ १५, २०८२ बिहीबार | १७:५५:२०
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

बोगटीले जिते नेपालगञ्ज म्याराथन

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) का किरणसिंह बोगटीले शनिबार सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका छन् ।

दुई वर्षअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा म्याराथनबाट स्वर्ण पदक जितेका बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा दुरी पूरा गर्दै नेपालगञ्ज म्याराथनको उपाधीमा कब्जा जमाए ।

२ घण्टा ३३ मिनेट २८ मिनेटमा दुरी पूरा गरेका नेपाली सेनाका नरेन्द्र रावल दोस्रो हुँदा एपिएफकै सन्तोष बिष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेन्डको टाइमिङका साथ तेस्रो भए ।

खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौ, छैटौ र सातौ भएका छन् ।

उपाधीसँगै बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता रावलले ५० हजार, तेस्रो हुने बिष्टले २५ हजार, चौथो भएका खड्काले १५ हजार, पाँचौ भएका महतराले १० हजार, छैटौं भएका प्रतापले ८ हजार र सातौं भएका गिरीले ६ हजार रुपैयाँ प्राप्त गरे । 

महिला हाफ म्याराथनमा एक घण्टा १८ मिनेट ४८ सेकेन्डको टाइमिङका साथ साग स्वर्णधारी सन्तोषी श्रेष्ठले उपाधि जित्दा एपिएफकी पुष्पा भण्डारी एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन । हाफ म्याराथनमा विन्दु हमाल तेस्रो हुँदा सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, कल्पना थारु छैटौं र चन्द्रमाया रावत सातौ भए ।

हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन् । उपविजेता भण्डारीले २५ हजार, तेस्रो भएकी हमालले १५ हजार, चौथो भएकी बोहराले १० हजार, पाँचौ भएकी शाहीले ८ हजार, छैटौं भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी १० किलोमिटर खुला पुरुषमा मुकेश पाल पहिलो हुँद्या तीर्थ पुन दोस्रो तथा सन्तोषनाथ योगी तेस्रो भए । पालले २५ हजार, पुनले १५ हजार र योगीले १० हजार रुपैया पुरस्कार पाए ।

५ किलोमिटर खुला महिलामा राजपुरा पछाई पहिलो, फूलमति राना दोस्रो तथा बन्दना बुढा तेस्रो भए । त्यस्तै ५ किलोमिटर छात्रमा बादल कार्की पहिलो, अतुल गोडिया दोस्रो तथा दीपेन्द्र बोहरा तेस्रो भए । ३ किलोमिटर छात्रामा सविता बुढा पहिलो, मन्जिता ऐडी दोस्रो र रविना शेष तेस्रो भए ।

ह्वील चियरमा महेश चौधरी पहिलो, यज्ञबहादुर खत्री दोस्रो र चन्द्रबहादुर कामी तेस्रो भएको आयोजक क्रिएटिम ह्यान्ड्सले जनाएको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।