चैत्र ६, २०८२ शुक्रबार | ०२:४२:२५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

विश्वविद्यालय खेलकुदः एथलेटिक्समा टियू लाई ५ स्वर्ण

विश्वविद्यालय खेलकुदको उद्घाटन गर्ने क्रममा बल हस्तान्तरण गरिदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू)ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले हात पार्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप द्धारा आयोजित प्रतियोगिताको पुरुष १ हजार ५ सय मिटर दौडमा टियूका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी ४ मिनेट ३०.१ सेकेन्डमा पूरा गरे । टियूकै विकेश घिमिरे दोश्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेश्रो भए ।

सोही स्पर्धाको महिलामा टियूकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५.५ सेकेन्डमा तय गर्दै पहिलो भइन् । काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोश्रो तथा लुनिया त्वायना तेश्रो बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्टले स्वर्ण पदक जित । उनले निर्धारित दूरी तय गर्न ५६.३५ सेकेन्ड समय खर्चिए। टियूका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य पदकजिते ।

उक्त स्पर्धाको महिलामा टियूकी अनामिका देवकोटा १ मिनेट १५.३५ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकी भावना पाण्डे दोश्रो तथा गण्डकीकी कृति गिरी तेश्रो स्थानमा रहे ।

पुरुष लङजम्पमा टियूका दिवस रेग्मी पहिलो भए । उनले ६.२७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोश्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेश्रो भए । त्यसै स्पर्धाको महिलामा टियूकी संचिता घिमिरेले स्वर्ण चुमिन् । संचिताले ४.२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोश्रो तथा सुदूरपश्चिमकी भावना पाण्डे तेश्रो भए ।

विश्वविद्यालय खेलकुदको भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी 

टेबल टेनिसः पुरुष डबल्समा टियूलाई स्वर्ण
टेबल टेनिसको पुरुष डबल्समा टियूका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले पुरुष डबल्समा स्वर्ण जितेका छन् । उक्त जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३-० को सोझो सेटमा पराजित गरे । पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुष कुँवर र दिपेश रानाभाटको जोडी संयुक्त रुपमा तेश्रो भए ।

पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले टियूका आदित्य धौनियालाई ३–० तथा टीयूका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा टियूकी लस्ता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३-० तथा पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टीयूकी गीताञ्जली गुरुङलाई ३-२ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए ।

भलिबल
जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टियू तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले  उद्घाटन गरे । सो अवसरमा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, बिना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति  थियो ।

दुई दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् ।  १० विश्वविद्यालयका २ सय ८० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो