काठमाडौं । चीनको होङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले छैटौं स्थान हासिल गरेकी छन् ।
शुक्रबार सम्पन्न खेलमा सन्तोषीले ३८ मिनेट ४०.१५ सेकेन्डको समय निकालिन् । ८ खेलाडी सहभागी यो स्पर्धामा बहराइनकी भिओला मोटोसिओले स्वर्ण, जापानकी रिरीका हिरोनाकाले रजत र काजकिस्तानकी क्यारोलिन किप्कीरुइले कांस्य पदक जिते ।
उनीहरुले क्रमशः ३१ मिनेट ४३.७३, ३१ मिनेट ५०.७४ र ३३ मिनेट १५.८३ सेकेन्डको सयम निकाले ।
यसैगरी पुरुष ४ सय मिटरमा सोमबहादुर कुमालको यात्रा हिट चरणमै सिमित बन्यो । हिट २ मा प्रतिस्पर्धा गरेका उनले ४८.६८ सेकेन्डको समय निकल्दै पाँचौं स्थान हासिल गरे ।
८ खेलाडी रहेको यो हिटबाट केनटारो साटो र मोहम्मद अजमल वरियाथोदी फाइनलका लागि छनोट भए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
