चैत्र १०, २०८२ मंगलबार | ०५:०८:४९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

फेन्सिङको अन्तिम स्वर्ण आर्मीले जित्यो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको पुरुष टिम इभेन्ट (इपी)मा विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरास्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ४५–२८ ले पराजित गरेसँगै आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।

योसँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ समापन भएको छ । कुल १२ स्वर्ण पदकमध्ये आर्मीले पाँच, बागमतीले चार, एपिएफले दुई तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।

सोमबार भएको पुरुष सिनियर फोएल तर्फको स्वर्ण पदक सुदूरपश्चिम प्रदेशका जलिन्द्र शाहीले जितेका थिए । सोही स्पर्धाको रजत बागमतीका सन्जीव लामा र कास्य एपिएफका ऐरी शेरसिंह र आर्मीका वीर शाहीले जितेका थिए ।

सोमबारनै सम्पन्न सिनियर महिला इपीतर्फ आर्मीकी इन्दीरा पौडेलले स्वर्ण जितेकी थिइन् । आर्मीकै सिता पाठकले रजत र पुजन कुमालले कास्य जिते । एपीएफकी जानुका स्याङतानले अर्को कास्य जिनित् ।

सोही दिन भएको अन्तिम स्पर्धा सिनियर महिला साबेरको स्वर्ण बाग्मती प्रदेशकी शिक्षा नापितले जितिन् । एपीएफकी उर्मीला लामाले रजत जित्दा आर्मीका रविना थापा र मनिषा श्रेष्ठले कास्य पदक हात पारे ।

मंगलबार भएको सिनियर महिला फोएलमा आर्मीकी रमा सिंहले स्वर्ण जित्दा एपीएफकी मनिसा राईले रजत र एपीएफकै मन्दिरा थापा र अनिता अधिकारीले कास्य जिते ।

मंगलबारनै सम्पन्न सिनियर पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण, आर्मीका राम थापा र मिन कार्कीले क्रमशः रजत र कास्य जिते । यस्तै, गण्डकीका विजय अधिकारीले आर्को कास्य जिते । सोहि दिन भएको सिनियर पुरुष साबेरमा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जिते । आर्मीका उपेज्द्र शाहीले रजत र आर्मीकै रघु चन्दले कास्य जिते । अर्को कास्य एपीएफका खेमराज खत्रिले हात पारे ।

बुधबार सम्पन्न सिनियर पुरुष टिम फोएलमा बाग्मती प्रदेशले स्वर्ण, आर्मीले रजत सुदुर पश्चिम र प्रदेश १ले कास्य जिते । 
बुधबारनै भएको सिनियर टिम महिला इपीमा आर्मीले स्वर्ण,एपीएफले रजत, सदुरपश्चिम र प्रदेश १ले कास्य जिते । महिला तर्फको सिनयिर महिला टिम साबेरमा बाग्मतीले स्वर्ण, आर्मीले रजत, प्रदेश १ र एपीएफले कास्य जिते ।

बिहिबार भएको सिनियर महिला फोएलमा एपीएफले स्वर्ण जितेको थियो । बाग्मतीले रजत जित्दा आर्मी र गण्डकीले कास्य जिते । सिनियर पुरुष साबेरमा आर्मीले स्वर्ण, बाग्मतीले रजत, एपीएफ र गण्डकीले कास्य जिते ।

शनिबार सम्पन्न सिनियर टिम पुरुष इपीमा आर्मीले स्वर्ण, एपीएफले रजत, बाग्मती र गण्डकीले कास्य हात पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो