चैत्र १४, २०८२ शनिबार | ०६:०९:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लगातार दोस्रो जितसँगै गोर्खाली उपाधि नजिक

काठमाडौं । साबिक विजेता गोर्खाली रग्बी क्लबले शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३०-१० को सहज जित निकाल्दै फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि रक्षा नजिक पुगेको छ।

उपाधि भीडन्तका लागि निकै महत्वपूर्ण मानिएको खेल निकै प्रतिस्पर्धात्मक हुने ठानिएको थियो । तर गोर्खालीले मुख्य प्रतिद्धन्दी आर्मीमाथि एकपक्षिय  जित निकाल्यो ।

गोर्खाली क्लबले सुरुआत देखि नै आर्मीमाथी दबाब बनाउन सफल भएको थियो। गोर्खालीले पहिलो हाफमा १८-३ को अग्रता बनायो।

दोस्रो हाफमा स्कोर बढाउँदै गोर्खालीले ३० पुर्यायो भने आर्मी १० अंकमा रोकिएको थियो ।  गोर्खालीका लागि १५ अंक जोडेका विजय खड्का खेलको ‘प्लेयर अफ द म्याच’ भए ।

शनिबार नै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई एकपक्षिय खेलमा ७८-० ले पराजित गरेको थियो।

राउन्ड रोविन लिगको यो नतिजासँगै गोर्खालीले चार अंक जोड्दा एपिएफ र आर्मीको समान दुई अंक भएको छ । पुलिस भने अंक विहिन छ।

अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल आगामी मंगलबार हुनेछ। जहाँ गोर्खालीले नेपाल पुलिस तथा एपिएफले आर्मीको सामना गर्नेछ ।

जित पछि गोर्खालीका प्रशिक्षक कृष्ण थापाले भने ‘एपिएफको खेलमा हामीलाई जति दबाब थियो आज खेलाडीहरुले त्यस्तो अवस्था आउन दिएना् । यो जितले हाम्रो उपाधि लगभग पक्का भएको छ । ’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो