चैत्र ३, २०८२ मंगलबार | २३:००:५२
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

फिफ्टिन्स रग्बी च्याम्पियनसिपः गोर्खाली रग्बी र आर्मीको विजयी सुरुआत

काठमाडौं । गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

बुधवार च्यासल मैदानमा भएको उद्घाटन खेलमा साबिक विजेता गोर्खलीले गत वर्षको उपविजेता सशस्त्र  प्रहरी बलको एपिएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा १४–१२ स्कोरले पराजित गर्यो।

त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९-३ को फराकिलो स्कोरले हराउन सफल भयो।

च्यासल खेल मैदानमा गोर्खाली र एपिएफबीचको खेल भने हेर्न लायकको थियो। साविक विजेता गोर्खालीले सुरु देखि नै विपक्षीविरुद्ध दबाब बनाएको थियो। तर नयाँ संरचनामा बलियो टिम बनाएर आएको एपीएफले खेलमा अग्रता बनाउँदै गोर्खालीविरुद्ध दरिलो रुपमा प्रस्तुत भयो।

पहिलो हाफमा ५-० अग्रता लिंदै एपीएफले विपक्षीविरुद्ध दरिलो चुनौती पेश गरेको थियो। दोस्रो हाफको सुरुआतमा अर्को ट्राई गरेपछि खेल एपीएफको पक्षमा १२–० को स्थितिमा पुगेको थियो।

दबाबको यो बेला गोर्खालीलाई खेलमा फर्किन गाहो भइसकेको थियो। तर एक ट्राइ र एक कन्भर्जन सफल पार्दै गोर्खालीले खेलमा फर्किन प्रयास गर्यो। खेल सकिनै लागेको बेला यदु अधिकारीले अर्को ट्राई हान्नुका साथ कन्भर्जन पनि सफल भइ गोर्खालीले १४ अंक जोड्यो।

एकाएक खेलको नतिजा उल्टिन पुगेपछि एपीएफका खेलाडीहरुले विपक्षीले फाउल खेलेको भन्दै असन्तुष्टि जनाएर खेल मैदान छोडेका थिए। लामो समय पछि पनि एपीएफ मैदानमा नफर्किएपछि रेफ्रीले गोर्खालीलाई विजयी घोषित गरेका थिए।

अर्को खेलमा तीन पटकका च्याम्पियन त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी विरुद्ध सहज जित हात पारेको हो। खेलको शुरुआत देखिनै विपक्षी विरुद्ध स्कोर जोड्न थालेको सेनाको टोली पहिलो हाफमा २२–० को सहज स्थितिमा पुगेको थियो।

रग्बी फिफ्टिन्समा पहिलो पटक सहभागिता जनाएको पुलिसका खेलाडीहरुमा भने अनुभवको कमी देखिएको थियो।

दोस्रो हाफमा सेनाले थप २७ अंक जोड्न सफल भयो। नेपाल पुलिसले भने पेनाल्टी बाट ३ अंक सान्त्वना स्वरुप जोड्न सकेको थियो।

यसअघि नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रतियोगिताको उद्घघाटन गरेका थिए।

रग्बी फिफ्टिन्स नेपाल रग्बी संघले सन् २०१८ देखि थालेको रग्वी फिफ्टिन्सको एक मात्र क्लब प्रतियोगिता हो।

प्रतियोगितामा शनिबार गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

राउन्ड रोविन लिगमा सबैले टोलीले एक अर्कासँग खेलेपछि शीर्ष टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH