माघ १५, २०८२ बिहीबार | ०९:२९:५९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

फिफ्टिन्स रग्बी च्याम्पियनसिपः गोर्खाली रग्बी र आर्मीको विजयी सुरुआत

काठमाडौं । गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

बुधवार च्यासल मैदानमा भएको उद्घाटन खेलमा साबिक विजेता गोर्खलीले गत वर्षको उपविजेता सशस्त्र  प्रहरी बलको एपिएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा १४–१२ स्कोरले पराजित गर्यो।

त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९-३ को फराकिलो स्कोरले हराउन सफल भयो।

च्यासल खेल मैदानमा गोर्खाली र एपिएफबीचको खेल भने हेर्न लायकको थियो। साविक विजेता गोर्खालीले सुरु देखि नै विपक्षीविरुद्ध दबाब बनाएको थियो। तर नयाँ संरचनामा बलियो टिम बनाएर आएको एपीएफले खेलमा अग्रता बनाउँदै गोर्खालीविरुद्ध दरिलो रुपमा प्रस्तुत भयो।

पहिलो हाफमा ५-० अग्रता लिंदै एपीएफले विपक्षीविरुद्ध दरिलो चुनौती पेश गरेको थियो। दोस्रो हाफको सुरुआतमा अर्को ट्राई गरेपछि खेल एपीएफको पक्षमा १२–० को स्थितिमा पुगेको थियो।

दबाबको यो बेला गोर्खालीलाई खेलमा फर्किन गाहो भइसकेको थियो। तर एक ट्राइ र एक कन्भर्जन सफल पार्दै गोर्खालीले खेलमा फर्किन प्रयास गर्यो। खेल सकिनै लागेको बेला यदु अधिकारीले अर्को ट्राई हान्नुका साथ कन्भर्जन पनि सफल भइ गोर्खालीले १४ अंक जोड्यो।

एकाएक खेलको नतिजा उल्टिन पुगेपछि एपीएफका खेलाडीहरुले विपक्षीले फाउल खेलेको भन्दै असन्तुष्टि जनाएर खेल मैदान छोडेका थिए। लामो समय पछि पनि एपीएफ मैदानमा नफर्किएपछि रेफ्रीले गोर्खालीलाई विजयी घोषित गरेका थिए।

अर्को खेलमा तीन पटकका च्याम्पियन त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी विरुद्ध सहज जित हात पारेको हो। खेलको शुरुआत देखिनै विपक्षी विरुद्ध स्कोर जोड्न थालेको सेनाको टोली पहिलो हाफमा २२–० को सहज स्थितिमा पुगेको थियो।

रग्बी फिफ्टिन्समा पहिलो पटक सहभागिता जनाएको पुलिसका खेलाडीहरुमा भने अनुभवको कमी देखिएको थियो।

दोस्रो हाफमा सेनाले थप २७ अंक जोड्न सफल भयो। नेपाल पुलिसले भने पेनाल्टी बाट ३ अंक सान्त्वना स्वरुप जोड्न सकेको थियो।

यसअघि नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रतियोगिताको उद्घघाटन गरेका थिए।

रग्बी फिफ्टिन्स नेपाल रग्बी संघले सन् २०१८ देखि थालेको रग्वी फिफ्टिन्सको एक मात्र क्लब प्रतियोगिता हो।

प्रतियोगितामा शनिबार गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

राउन्ड रोविन लिगमा सबैले टोलीले एक अर्कासँग खेलेपछि शीर्ष टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।