पुस २७, २०८२ सोमबार | १५:२९:०४
अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका

फिफ्टिन्स रग्बी च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा गोर्खाली र एपिएफ भिड्ने

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिप बुधबारदेखि सुरु हुँदैछ ।

च्यासल रंगशालामा हुने प्रतियोगिताको पाँचौं संस्करणको उद्घाटन खेलमा साबिक विजेता गोर्खाली रग्बी क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।

उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । बुधबारै हुने अर्को खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने छन् ।

बैशाख २ गतेसम्म हुने प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रस्पिर्धा गरेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि भएको छ । यस पटक विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ र अन्य सहभागीले पनि प्रमाण पत्र प्राप्त गर्नेछन् ।

गत वर्ष प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र  प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकम, एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक तथा युट्युब च्यानलबाट हुनेछ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||