फाल्गुन २९, २०८२ शुक्रबार | २०:२६:५१
ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी

फिफ्टिन्स रग्बी च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा गोर्खाली र एपिएफ भिड्ने

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिप बुधबारदेखि सुरु हुँदैछ ।

च्यासल रंगशालामा हुने प्रतियोगिताको पाँचौं संस्करणको उद्घाटन खेलमा साबिक विजेता गोर्खाली रग्बी क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।

उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । बुधबारै हुने अर्को खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने छन् ।

बैशाख २ गतेसम्म हुने प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रस्पिर्धा गरेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि भएको छ । यस पटक विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ र अन्य सहभागीले पनि प्रमाण पत्र प्राप्त गर्नेछन् ।

गत वर्ष प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र  प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकम, एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक तथा युट्युब च्यानलबाट हुनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||