माघ ९, २०८२ शुक्रबार | ०४:३९:२३
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

फिफ्टिन्स रग्बी च्याम्पियनसिप बुधबारदेखि हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिप चैत २७ देखि बैशाख २ गतेसम्म हुने भएको छ ।

च्यासल रंगशालामा हुने प्रतियोगिताको चौथो संस्करणमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब तथा साबिक विजेता गोर्खाली रग्बी क्लबको सहभागिता रहेनछ ।

सहभागी टोलीले १ महिना अघिदेखि नै प्रशिक्षण सुरु गरिसकेको आयोजकले बताएको छ । प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न तथा रेफ्रीमा श्रीलंकाका सुरंगा अरुणा थालगालागे र नेपालका प्रेमबहादुर कोइराला छन् । 

प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रस्पिर्धा गरेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । 

यस प्रतियोगितामा सहभागि हुने चार वटै टिमलाई टिम तयारी तथा प्रतियोगिताको लागि बिमा र मेडिकल व्यवस्थापनसहित ३ लाख बराबरको रकम उपलब्ध गरिएको छ। साथै, सहभागी खेलाडीहरुको लागि ३ लाख बराबरको खेल दुर्घटना बिमा जारी गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको लागि अस्पताल साझेदारमा भक्तपुर इन्टरनेसनल अस्पताल छ । 

प्रतियोगिताको ट्रफी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि भएको छ । यस पटक विजेताले २ लाख २२ हजार २२२ सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ र अन्य सहभागीले प्रमाण पत्र प्राप्त गर्नेछन् ।

गत वर्ष प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकम, एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक तथा युट्युब च्यानलबाट हुनेछ ।

यसैगरी यो प्रतियोगिताबाट आगामी बैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुने नेपाल-बंगलादेश रग्बी शृंखलाका लागि राष्ट्रिय टोलीको खेलाडी छनोट गरिनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate