चैत्र ६, २०८२ शुक्रबार | ०१:१४:२४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

फिफ्टिन्स रग्बी च्याम्पियनसिप बुधबारदेखि हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिप चैत २७ देखि बैशाख २ गतेसम्म हुने भएको छ ।

च्यासल रंगशालामा हुने प्रतियोगिताको चौथो संस्करणमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब तथा साबिक विजेता गोर्खाली रग्बी क्लबको सहभागिता रहेनछ ।

सहभागी टोलीले १ महिना अघिदेखि नै प्रशिक्षण सुरु गरिसकेको आयोजकले बताएको छ । प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न तथा रेफ्रीमा श्रीलंकाका सुरंगा अरुणा थालगालागे र नेपालका प्रेमबहादुर कोइराला छन् । 

प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रस्पिर्धा गरेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । 

यस प्रतियोगितामा सहभागि हुने चार वटै टिमलाई टिम तयारी तथा प्रतियोगिताको लागि बिमा र मेडिकल व्यवस्थापनसहित ३ लाख बराबरको रकम उपलब्ध गरिएको छ। साथै, सहभागी खेलाडीहरुको लागि ३ लाख बराबरको खेल दुर्घटना बिमा जारी गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको लागि अस्पताल साझेदारमा भक्तपुर इन्टरनेसनल अस्पताल छ । 

प्रतियोगिताको ट्रफी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि भएको छ । यस पटक विजेताले २ लाख २२ हजार २२२ सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ र अन्य सहभागीले प्रमाण पत्र प्राप्त गर्नेछन् ।

गत वर्ष प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकम, एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक तथा युट्युब च्यानलबाट हुनेछ ।

यसैगरी यो प्रतियोगिताबाट आगामी बैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुने नेपाल-बंगलादेश रग्बी शृंखलाका लागि राष्ट्रिय टोलीको खेलाडी छनोट गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो