मंसिर २७, २०८२ शनिबार | ००:१९:४२
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मुख्यालय कुवेतमा अघिल्लो मंगलबार सबै सरोकारवालाबीच भएको सहमतीअनुसार नेपाल ओलम्पिक कमिटी (एनओसी) को विषेश साधारणसभा बुधबार सम्पन्न भएको छ ।

ओसिएको पहलमा अघिल्लो साता कुवेतमा सरोकारवाला पक्षहरुबीच बसेको बैठकले १५ दिनभित्र एनओसीको विशेष साधारणसभा बोलाएर एनओसीविरुद्ध अदालतमा मुद्धा दायर गरेका पाँच संघलाई पूर्ण सदस्यता प्रदान गर्ने र सबै संघले विना सर्त तत्काल मुद्धा फिर्ता लिने सम्झौता भएको थियो ।

एनओसीले ‘नेपालको ओलम्पिक मुभमेन्टलाई ट्रयाकमा फर्काउन कुवेत सम्झौताअनुसार साधारणसभा गरेको’ जनाएको छ । सम्झौताअनुसार एनओसी साधारणसभाले सबै पाँच संघलाई मताधिकारसहितको पूर्ण सदस्यता प्रदान गरेको छ ।

तर उच्च अदालत पाटनले विशेष साधारण सभा रोक्न मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाल उसु महासंघले दायर गरेको रिटमा न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद तिवारीको संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । एनओसीले आफूलाई अदालतको आदेशबारे कुनै जानकारी नभएको बताएको छ ।

सरकारले साधारणसभाको सुइको पाउनेवित्तिकै एनओसी मुख्यालयमा ताल्चा लगाएको थियो । जसका कारण ओसिएको निर्देशनमा एनओसीले अनलाइन माध्यमबाट साधारणसभा आयोजना गर्नुपरेको एनओसीको भनाई थियो ।

ओसिएले सबै सरोकारवालाबीच सम्झौता भएर विवाद समाधानको बाटोमा अघि बढिरहेको बेला प्रहरी लगाएर एनओसी मुख्यालयमा ताल्चा मारिएको घटनालाई सरकारी हस्तक्षेपको रुपमा लिँदै त्यसको विरोध जनाएको छ । ओसिएले विज्ञप्ति जारी गर्दै ‘सरकारले एनओसी कार्यालयमा ताल्चा मारेर ओलम्पिक अभियान र एनओसीको स्वायत्ततामाथि ठाडो हस्तक्षेप गरेको जनाउँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने’ बताएको छ ।

पुस दोस्रो साता सम्पन्न एनओसीको साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ सर्वसम्मत भएका थिए ।

आफूहरुले एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । जहाँ अदालतले स्टे अर्डर जारी गरेर चुनाव नगर्न आदेश जारी गरेको थियो । एनओसीले भने अदालतको आदेश आफूहरुले नपाएको भन्दै साधारणसभा आयोजना गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी (वायाँ) र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ । फाइल तस्बिर

अदालतमा मुद्दा परेको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले एनओसी निर्वाचनलाई अवैधानिक भन्दै आएका थिए । आइओसी र ओसिएले पनि देशभित्रको कानुनी समस्या सुल्झाउनका लागि एनओसीलाई दबाब दिँदै आएको थियो ।

तर गत मंगलबार ओसिएका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकबाट दुई बूदे सम्झौता भएपछि एनओसी विवाद समाधानको बाटोमा अघि बढेको थियो ।

कुवेतमा दूई बूदे सम्झौतामा हस्ताक्षर गर्नेमा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ, मोडर्न पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने थिए । उक्त बैठकमा एनओसीका पूर्व महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको बताइएको थियो ।

ओसिएले एनओसी मुख्यालयमा ताल्चा मारेको घटनामा सरकारी हस्तक्षेप नस्वीकार्ने बताउँदै कुवेत सम्झौतामा हस्ताक्षर गरेका नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकारलाई पनि पत्राचार गर्दै सम्झौतामा अडिग रहन सचेत गराएको बताइएको छ । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II