चैत्र १३, २०८२ शुक्रबार | ११:१५:३०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

कबड्डी लिगको मार्की र प्रशिक्षक सार्वजनिक

फाइल तस्विर

काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरिएको  छ ।

आयोजकले आइतबार सबै टोलीका मार्की र प्रशिक्षक सार्वजनिक गर्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ । काठमाडौं मेभेरिक्स, पोखरा लेकर्स, विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन राइडर्सले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले गत वर्ष एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गरेको थियो ।

काठमाडौं मेभेरिक्सले मार्की खेलाडीका रुपमा घनश्याम रानमगर तथा प्रशिक्षकमा सरोजकुमार सिंहलाई नियुक्त गरेको जनाएको छ ।

विराटनगर ब्यान्डिट्सको मार्की खेलाडीमा कल्याण भुजेल छन् भने प्रशिक्षकको रुपमा लोकबहादुर विष्टले टिमको नेतृत्व गर्नेछन् ।

त्यस्तै पोखरा लेकर्सले मार्की खेलाडीमा प्रदीप मिजार र प्रशिक्षकमा विष्णुदत्त भट्टलाई नियुक्त गर्दा जनकपुर नाइट्सले मार्की खेलाडीमा रामु टमाटालाई अनुबन्ध गरेको छ ।

यसैगरि जनकपुरले १९औं एसियाली खेलकुदमा नेपाली महिला टिमलाई ऐतिहासिक कांस्य पदक जिताउने पार्वती राईलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।

धनगढी वाइल्डक्याटले मार्की खेलाडीमा पदमबाहदुर विष्ट र प्रशिक्षक महेश बोहरालाई नियुक्त गरेको छ ।

हिमालयन राइडर्समा भने मार्की खेलाडीको गणेश पार्की देखिनेछन् भने । प्रशिक्षणको जिम्मेवारी सन्दीप पन्त र पोथुङ्ती सतिश कुमारलाई सुम्पिइएको छ ।

आयोजकले प्रतियोगिता आयोजनाको मिति भने तोकेको छैन । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो