माघ १९, २०८२ सोमबार | ०२:३१:०९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

कबड्डी लिगको मार्की र प्रशिक्षक सार्वजनिक

फाइल तस्विर

काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरिएको  छ ।

आयोजकले आइतबार सबै टोलीका मार्की र प्रशिक्षक सार्वजनिक गर्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ । काठमाडौं मेभेरिक्स, पोखरा लेकर्स, विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन राइडर्सले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले गत वर्ष एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गरेको थियो ।

काठमाडौं मेभेरिक्सले मार्की खेलाडीका रुपमा घनश्याम रानमगर तथा प्रशिक्षकमा सरोजकुमार सिंहलाई नियुक्त गरेको जनाएको छ ।

विराटनगर ब्यान्डिट्सको मार्की खेलाडीमा कल्याण भुजेल छन् भने प्रशिक्षकको रुपमा लोकबहादुर विष्टले टिमको नेतृत्व गर्नेछन् ।

त्यस्तै पोखरा लेकर्सले मार्की खेलाडीमा प्रदीप मिजार र प्रशिक्षकमा विष्णुदत्त भट्टलाई नियुक्त गर्दा जनकपुर नाइट्सले मार्की खेलाडीमा रामु टमाटालाई अनुबन्ध गरेको छ ।

यसैगरि जनकपुरले १९औं एसियाली खेलकुदमा नेपाली महिला टिमलाई ऐतिहासिक कांस्य पदक जिताउने पार्वती राईलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।

धनगढी वाइल्डक्याटले मार्की खेलाडीमा पदमबाहदुर विष्ट र प्रशिक्षक महेश बोहरालाई नियुक्त गरेको छ ।

हिमालयन राइडर्समा भने मार्की खेलाडीको गणेश पार्की देखिनेछन् भने । प्रशिक्षणको जिम्मेवारी सन्दीप पन्त र पोथुङ्ती सतिश कुमारलाई सुम्पिइएको छ ।

आयोजकले प्रतियोगिता आयोजनाको मिति भने तोकेको छैन । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।