चैत्र १८, २०८२ बुधबार | १०:४६:०४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु

काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा मंगलबारदेखि नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु भएको छ।

प्रतियोगितामा ४० पुरुष र २० खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताबाट समान ९ पुरुष तथा महिला खेलाडी राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट हुनेछन् । २५औं पुरुष र १०औं महिला राष्ट्रिय च्याम्पियनसिप माघ दोस्रो साता हुनेछ ।

महिलातर्फ पहिलो चरणमा झापाकी पुनम प्रसाईं, किर्तिपुरकी  विनिता कपाली, पर्साकी सुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, इशा गिरी, नयुमा मगर र निहाना श्रेष्ठले समान अंक जोडेका छन्।

पुरुषतर्फ मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष फुयाल, बनेपाका राहुल प्रधान, सुसन आचार्य र धिरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसबाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सिएम मिलन लामाले एक अंक जोडेका छन् ।

यसैगरी भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपती, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले पनि जित हात पारेका छन् ।

पाँच दिनसम्म ९ चरणमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव थापाले गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो