काठमाडौं । टेक्नो मोबाइलले क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
टेक्नोले बिहीबार उनीहरूलाई सार्वजनिक गरेको थियो । सम्झौता अवधि र रकम भने खुलाइएको छैन ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दास लगातयतको उपस्थिती थियो ।
टेक्नो मोबाइलका सिएओ अरिजित तलपात्राले आरिफ र आसिफसँगको साझेदारीले उत्साहित रहेको बताए ।
‘हामी आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । टेक्नोसँग उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवी र यसमा युवाहरुको संलग्नतालाई अझ उच्च बनाउने आस गरेका छौं,’ तलापात्राले भने ।
आरिफ र आशिफले टेक्नो मोबाइलसँग जोडिन पाउँदा गौरवान्वित महसुस गरेको र यसले समर्थकसँग अझै नजिक हुन सहयोग गर्ने बताए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
