कार्तिक २, २०८१ शुक्रबार | ०९:५१:२६
पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त

ओलम्पिक सहभागिता र तयारीको विषयमा खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं । पेरिस ओलम्पिकमा नेपालको सहभागीता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद् र नेपाल ओलम्पिक कमिटिसँग जानकारी लिएका छन्।

पेरिस ओलम्पिकमा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागीता र जिम्मेवारीको विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द्रराज श्रेष्ठसँग छलफल भयो ।

मन्त्री श्रेष्ठले ओलम्पिकमा सहभागीताको लागि खेलाडीबाहेक पदाधिकारीको हकमा आवश्यकताको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन्।

एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारीसहित राखेप मार्फत मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन्। साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरीमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई निर्देशन दिए।

राखेप सदस्यसचिव टंकलाल घिसिङले सात मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अस्ट्रेलिया पौडीका डुवाना लामाले थाइल्यान्ड र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेको तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषदले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्यो। जसको कारण प्रिन्स दाहाल प्रशिक्षक विना ओलम्पिक्स जाने संभावना छ।

सदस्यसचिव घिसिङले एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र मंगलाबार मात्रै वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। उनले तयारी र राष्ट्रिय संघको माग अनुसार छनोट प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए।

साथै सदस्यसचिव घिसिङले पेरिस ओलम्पिक र पारा ओलम्पिक्सको लागि ९० लाख बजेट विनियोजन भएको बताउँदै सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।

पेरिस ओलम्पिकमा नेपालबाट टेबलटेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा, एलेक्जेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउने पक्का भइसकेको छ । 


भिडियो
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024