पोखरा । यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा बुधबार बुद्धिचालका तेस्रो खेलहरु सम्पन्न भएका छन् ।
पोखरामा जारी प्रतियोगिताको छात्रातर्फ पहिलो चरणमा बागमती विजयी भयो । बाग्मतीले कोशीलाई ३ अंकले हरायो ।
छात्रातर्फकै अन्य खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ४ अंकले पराजित गर्यो । त्यस्तै सुदुरपश्चिमले गण्डकीलाई हराउँदा कर्णालीले बाइ पाएको थियो ।
छात्रातर्फ दोस्रो चरणमा गण्डकी, लुम्बिनी र बाग्मती विजयी भए । सुदुरपश्चिम प्रदेशले बाइ पाएको थियो ।
छात्रातर्फको तेश्रो चरणमा लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेश विजयी भए । बाग्मती प्रदेशले बाइ पायो ।
छात्रतर्फ खेलमा बाग्मती प्रदेश विजयी भएको छ । बागमतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्यो । लुम्बिनीले मधेशलाई ४ अंकले हरायो ।
त्यस्तै अर्को खेलमा कर्णालीले बाइ पाउँदा सुदुरपश्चिमले गण्डकीलाई ३ अंकले पराजित गर्यो ।
दोश्रो चरणमा गण्डकी, लुम्बिनी, बाग्मती विजयी भए । मधेश प्रदेशले बाइ पायो ।
तेश्रो चरणमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्यो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिमले मधेशलाई हराउँदा बाग्मतीले बाइ पायो ।