चैत्र ६, २०८२ शुक्रबार | २०:५४:४३
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

मापसे गरेर आएपछि बास्केटबलका संयोजकलाई रंगशालबाट बाहिर निकालियो

पोखरा। बुधबारबाट सुरु भएको यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा  मापसे (मादक पदार्थ सेवन) गरेर आएपछि  बास्केटबल खेलका संयोजकलाई  रंशालाबाट निकालिएको छ ।

नेपाल बास्केटबल संघका कार्यालय सचिव तथा बास्केटबल खेल संयोजक रमेश खड्का (केसी) ले मापेस गरेको प्रमाणित भएसँगै उनलाई बाहिर पठाइएको हो ।

त्यसअघि संयोजक केसीले पोखरा रंगशालास्थित कोर्टमा बास्केटबल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै विवाद निकाले पछि प्रदेश र संघका प्रतिनिधिहरुबबी केही समय भनाभन भएको थियो ।

केसीले प्रहरीसामू आफुले मापसे नगरेको बताइरहेका थिए । राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का खेल प्रतियोगिता विभागीय प्रमुख तथा प्रतियोगिता सचिव मीनकुमार शर्माले केसीको बचाउ गर्दै बेलुका मापसे गरेको बताए ।

विवादका कारण बिहान ७ः०० खेल हुने भनिए पनि करिब साँढे ३ घण्टा पछि मात्र खेल सुरु भएको थियाे ।

आफुहरुले दुई वटा बास्केटबल कोर्ट माग गरे पनि एउटा मात्र कोर्ट भएकोले खेल संचालनमा  ढिला भएको संघका प्रतिनिधिहरुले प्रतिकृया दिएका छन्।

केन्द्रिय संघले बास्केटबल संघ गण्डकी प्रदेशलाई मान्यता नदिएको कारण आन्तरिक विवादले गर्दा उक्त प्रतियोगिता अन्यौलमा भएको थियो ।

प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलकुदमा मापसे गरेर आउनु खेल प्रति अपमान गरेको बताए । उनले खेल क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ खाएर आउनै नपाउने बताए ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष एवं बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले समयमै खेल संचालन गर्न आवश्यक सहजीकरण गर्न खोज्दा संघ केन्द्रको कुनै पनि प्रतिनिधिहरुले समन्वय नगरेको बताए ।

प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको छ । सबै खेलमा छात्रछात्रातर्फको खेल हुनेछ । उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कांस्य पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो