काठमाडौं । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्सको पहिलो चरण मंगलबारदेखि सुरु भएको छ ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे । त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिंदै शक्तिबर्ढक प्रतिबन्धित औषधीको प्रयोगले खेलाडीको जीवनमा प्रतिकुल प्रभाव पार्ने बताए ।
यस्तै उनले आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढी भन्दा बढी सिक्ने अवसरको सदुपयोग गर्नु पर्नेमा जोड दिए । पाँच दिनसम्म चल्ने कार्यक्रकमा कोर्स निर्देशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयाानिक छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
