फाल्गुन १४, २०८२ बिहीबार | ०१:३९:०७
श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान

१५ दिनभित्र खेल संघको कार्यक्रम खाका तयार पारेर बुझाउन राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यन्वयन सम्बन्धी खाका राखेप समक्ष पेश गर्न शुक्रबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेपले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ ।

राखेपको ११ बुँदे निर्देशनः
१. राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा १(ग) बमोजिम आवधिक निर्वाचन नभएका राष्ट्रिय खेल संघ-महासंघहरुलाई निर्वाचन कार्यान्वयनको खाका र समयतालिका पेश गर्नु पर्ने ।  

२. प्रचलित कानून बमोजिम संघ-महासंघ नविकरण हुन आउँदा चालु आ.ब.को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन २ प्रती, आगामी वर्षको कार्ययोजना सहित प्रचलित कानूनी भएका व्यवस्था अनुरुप अनिवार्य रुपमा समावेश भई आउनु पर्ने ।

३. राष्ट्रिय खेल संघले पेश गर्ने खेलकुद सम्बन्धी नीति, कार्ययोजना तथा वार्षिक खेलकुद कार्यक्रम तयार गर्दा फरक क्षमता भएका खेलाडीहरुले खेल्ने पारा खेलकुद सम्बन्धी योजना तथा खेलकुद कार्यक्रम समावेश गर्नुका साथै संघको विधान तथा उद्देश्यमा पारा खेलकुद सम्बन्धी व्यवस्था अनिवार्य रुपमा समावेश गरी सो को जानकारी परिषदलाई गराउनु पर्ने  ।

४. आर्थिक कारोबार गर्दा “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६” बमोजिम गर्न-गराउन लगाउने र सामाग्री तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४” बमोजिम गर्न-गराउनु पर्ने ।

५. राष्ट्रिय खेल संघ-महासंघको विषयमा परेका निवेदन-उजुरीहरुको सम्बन्धमा परिषदबाट माग गरिएको राय- प्रतिक्रिया एवं आवश्यक कागजातहरु तोकिएको समय भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने ।

६. अन्तर्राष्ट्रिय संघ-महासंघ तथा अन्तर्राष्ट्रिय संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ज) बमोजिम परिषदको सिफारीसमा मन्त्रालय मार्फत नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने साथै, अन्तर्राष्ट्रिय संघ-महासंघ, अन्तर्राष्ट्रिय संस्था तथा परिषदबाट प्राप्त अनुदान वा अनुदान बाहेक संघ तथा महासंघहरुको अन्य श्रोतबाट संचालन भएका खेलकुद सम्बन्धी कार्यक्रमहरु सम्पन्न भए पश्चात सो को प्रतिवेदन १५ दिन भित्र परिषदमा अनिवार्य रुपमा बुझाउनु पर्ने ।

७. संघ-महासंघले परिषद समक्ष आर्थिक सहयोग एवं अनुदान माग गरि पठाउँदा वा सिफारीस गरि पठाउँदा परिषद द्धारा स्वीकृत प्रतियोगिता र कार्यक्रमहरुको लागि मात्र माग गरि वा सिफारीस गरी पठाउन पर्ने । राष्ट्रिय खेल संघ-महासंघको आयोजना एवं सहभागितामा हुने उपरोक्त खेलकुद गतिविधिहरुको लागि अन्तर्राष्ट्रिय संघ-महासंघ एवं परिषदबाट प्राप्त आर्थिक सहयोगको विवरण संघ-महासंघको बार्षिक लेखा परिक्षण प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख भई परिषद समक्ष पेश गर्नु पर्ने । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दा तथा सहभागिता जनाउँदा सहभागी खेलाडी, प्रशिक्षक एवं व्यवस्थापकहरुको  खेलकुद विमालेख अनिवार्य रुपमा भएको हुनु पर्ने । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा खेलाडीसंग आवश्यक प्रशिक्षक तथा अफिसियलको संख्या पेश गर्नु पर्ने ।

८. महासंघ तथा संघहरुले आर्थिक कारोबारको सहजताको लागि आर्थिक विनियमहरु तर्जुमा गर्दा परिषदको स्वीकृतिमा नेपाल सरकारको आर्थिक कार्यविधि संग नबाझिने गरी तयार गर्नुपर्ने ।

९ं. मार्सल आर्ट सम्बन्धी खेलसंघहरुबाट डान-डिग्रीको सर्टिफिकेट उपलव्ध गराउँदाको शुल्क तथा आवद्द डोजो÷डोजाङ्ग, क्लव लगायतका खेलकुद गतिविधिहरु संचालन गर्ने संस्थाहरुको दर्तारआवद्ध शुल्क-नविकरण शुल्क÷खेलाडी परिचय–पत्र शुल्क सम्बन्धी व्यवस्था संघ-महासंघको विधान-नियम-कार्यविधिमा स्पष्ट व्यवस्था हुनु पर्ने र प्राप्त सम्पूर्ण शुल्कहरुको विवरण पारदर्शी र स्पष्ट हुनुका साथै उपयोग र खर्च सम्बन्धी व्यवस्था संघ-महासंघको कार्यविधिमा उल्लेख हुनु पर्ने । साथै राष्ट्रिय खेल संघ÷महासंघको आम्दानी तथा खर्च सम्बन्धी सम्पूर्ण विवरणहरु प्रत्येक बर्षको असोज मसान्त भित्र परिषद समक्ष अनिवार्य रुपमा बुझाउनु पर्ने ।

१०. परिषद समक्ष विभिन्न खलकुद सम्बन्धी कार्यक्रम तथा प्रतियोगिताहरु संग सम्बन्धीत  भुक्तानीको लागि अनुरोध गर्दा भुक्तानीको विषयसंग सम्बन्धित कार्यक्रम सम्पन्न र प्रगतिको विस्तृत प्रतिवेदन २ प्रती, त्यसको डिजिटल कपी र सक्कल बिल भर्पाई र अन्य आवश्यक सम्पूर्ण कागजातहरु समावेश गरी पठाउनु पर्ने  ।

११. राष्ट्रिय खेल संघ-महासंघले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ लाई पूर्ण रुपमा पालना गरी आ–आफ्नो खेलकुद गतिविधि एवं कृयाकलापहरु संचालन गर्नु पर्नेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||