चैत्र १८, २०८२ बुधबार | ११:५०:४३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

गोर्खाली रग्बी क्लब च्याम्पियन

काठमडौं । गोर्खाली रग्बी क्लब फिफ्टिन्स रग्बी च्याम्पियनसिपको पाँचौं संस्करणमा च्याम्पियन बनेको छ ।

शनिबार लिग चरणको अन्तिम खेलमा साविक विजेता आर्मीलाई ६६-७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।

लिग चरणको पहिलो खेलमा गोर्खालीले पुलिस क्लबलाई ५४-३ तथा दोस्रो खेलमा एपीएफमाथि ४९-२० स्कोरमा हराएको थियो ।

प्रतियोगितामा अपराजित गोर्खालीले तीन खेलबाट नौ अंक जोड्न सफल रह्यो ।  गोर्खालीले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

शनिबारनै भएको पहिलो खेलमा एपिएफले पुलिस क्लबलाई ७७-६ को स्कोरमा हरायो । दोस्रो जितसहित एपिएफ प्रतियोगितामा उपविजेता बन्यो ।

एपिएफले तीन खेलबाट ७ अंक जोड्यो । उपविजेता एपिएफले ५० हजार रुपैयाँ हात पारेको छ ।

आर्मी प्रतियोगितामा तेस्रो बन्यो । उसले पाँच अंक म जोड्यो । तीनै खेलमा पराजित पुलिस तीन अंक सहित पुछारमा रहयो ।

प्रतियोगितामा एपिएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे ।

नेपाल रग्बी संघले आयोजना गरेको प्रतियोगितामा आर्मी, पुलिस, एपीएफ र गोर्खाली रग्बी गरी चार टोली सहभागी थिए । सबैले एक अर्कासँग प्रतिपस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जितेको हो । 

च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टिम निर्माण गरिने नेपाल रग्बी संघले जनाएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो