माघ १९, २०८२ सोमबार | ०१:४७:००
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

खेल सिपाही रञ्जितलाई स्पेशल अवार्ड

काठमाडौं । नेपालमा यस्ता थुप्रै ब्यक्तिहरु छन् जसमा खेलकुद मोह बेजोड छ र भित्रि मनदेखि नै खेल क्षेत्रको उत्थानमा दिनरात अग्रसर हुने जाँगर पनि ।  पोखराका सुदर्शन रञ्जित त्यस्तै एक उदाहरण हुन् ।

सामान्यरुपमा बुझ्नेहरु उनलाई पोखराका फोटो पत्रकार भन्छन्, अली बढी बुझ्नेले सहारा क्लबका एक सदस्यको रुपमा मात्र चिन्न सक्छन् । तर सुदर्शनको परिचय यत्तिमै सीमित गर्दा न्याय हुनै सक्दैन । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ता पनि । यी सबैका कम्बो पात्र हुन् सुदर्शन रञ्जित ।

चार दशक भन्दाबढी भयो होला, पोखरामा हुने खेल गतिविधिका शायदै कुनै तस्विर होलान्, जुन उनको क्यामरामा कैद नभएको होस् ।  

माछापुच्छ्रेलाई आवरणमा पारेर एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘वर्षको उत्कृष्ट तस्विर’को अवार्ड नै जित्यो ।

खेलाडीलाई सहयोग गर्ने सुदर्शनको जुनुन यस्तो छ की अनिल गुरुङ, सिपोरा गुरुङ, मञ्जु गुरुङ जस्ता थुप्रै पात्रहरु अन्तर्राष्ट्रिय खेल मानचित्रमा अग्लिँदा सुदर्शनको विम्व त्यहाँ महशुश हुन्छ नै ।

पोखराको स्थापित आहारारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका सानाे देखिन सक्छ, तर असाध्य महत्वपूर्ण खम्बाको रुपमा उनको भूमिका कम्तिमा त्यो क्लबका बाँकी सबै खम्बाहरुले बुझेका छन् । सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिकालाई बालिग खेलाडी बनाउँदा, सहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि बढेको छ ।

खेलकुद क्षेत्रको विकृतीमा की सुदर्शनको क्यामरा बोल्छ की आफै । पोखरा रंगशाला जोगाउन पर्खालले घेर्ने अभियानमा होस् वा रंगशालालाई गौचरण बन्न वा ड्राइभिङ सेन्टर बन्न नदिन । उनले गरेका स-साना लाग्ने खवरदारीले ठूलो र राम्रो परिणाम दिएको देख्न सकिन्छ ।  

खेलकुदमा यसरी हस्याँङ फस्याङ गरेर चार दशक बढी विताईसक्दा आर्थिक उपार्जन गर्ने उदेश्य थोपा देखिन्न । न त नाम र सम्मानको भोक नै । खालि खेलकुद प्रतिको एउटा जुनुन, त्यो पनि ६० वर्ष पुगिसक्दासम्म थकाई नमानी अनवरत र निस्वार्थ ।  

अनि त भनिन्छ नी सुदर्शन जस्ता ब्यक्तिहरु छन् त देशमा खेलकुदको पनि इज्जत छ । अझ सोझै भन्दा यस्तै ब्यक्तिहरुका कारण त यो देशमा खेलकुद अझैसम्म टिकिरहेको छ ।

नेपाली खेलकुदलाई दशकौंदेखि निस्वार्थ सेवा गरिरहेका सामान्य देखिने सुदर्शन रञ्जितको योगदान आइतबार काठमाडौंमा भव्य रुपमा सम्मानित भयो । नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदका यी सिपाहीलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गर्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।