चैत्र ५, २०८२ बिहीबार | २०:१८:५५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित

खेल सिपाही रञ्जितलाई स्पेशल अवार्ड

काठमाडौं । नेपालमा यस्ता थुप्रै ब्यक्तिहरु छन् जसमा खेलकुद मोह बेजोड छ र भित्रि मनदेखि नै खेल क्षेत्रको उत्थानमा दिनरात अग्रसर हुने जाँगर पनि ।  पोखराका सुदर्शन रञ्जित त्यस्तै एक उदाहरण हुन् ।

सामान्यरुपमा बुझ्नेहरु उनलाई पोखराका फोटो पत्रकार भन्छन्, अली बढी बुझ्नेले सहारा क्लबका एक सदस्यको रुपमा मात्र चिन्न सक्छन् । तर सुदर्शनको परिचय यत्तिमै सीमित गर्दा न्याय हुनै सक्दैन । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ता पनि । यी सबैका कम्बो पात्र हुन् सुदर्शन रञ्जित ।

चार दशक भन्दाबढी भयो होला, पोखरामा हुने खेल गतिविधिका शायदै कुनै तस्विर होलान्, जुन उनको क्यामरामा कैद नभएको होस् ।  

माछापुच्छ्रेलाई आवरणमा पारेर एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘वर्षको उत्कृष्ट तस्विर’को अवार्ड नै जित्यो ।

खेलाडीलाई सहयोग गर्ने सुदर्शनको जुनुन यस्तो छ की अनिल गुरुङ, सिपोरा गुरुङ, मञ्जु गुरुङ जस्ता थुप्रै पात्रहरु अन्तर्राष्ट्रिय खेल मानचित्रमा अग्लिँदा सुदर्शनको विम्व त्यहाँ महशुश हुन्छ नै ।

पोखराको स्थापित आहारारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका सानाे देखिन सक्छ, तर असाध्य महत्वपूर्ण खम्बाको रुपमा उनको भूमिका कम्तिमा त्यो क्लबका बाँकी सबै खम्बाहरुले बुझेका छन् । सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिकालाई बालिग खेलाडी बनाउँदा, सहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि बढेको छ ।

खेलकुद क्षेत्रको विकृतीमा की सुदर्शनको क्यामरा बोल्छ की आफै । पोखरा रंगशाला जोगाउन पर्खालले घेर्ने अभियानमा होस् वा रंगशालालाई गौचरण बन्न वा ड्राइभिङ सेन्टर बन्न नदिन । उनले गरेका स-साना लाग्ने खवरदारीले ठूलो र राम्रो परिणाम दिएको देख्न सकिन्छ ।  

खेलकुदमा यसरी हस्याँङ फस्याङ गरेर चार दशक बढी विताईसक्दा आर्थिक उपार्जन गर्ने उदेश्य थोपा देखिन्न । न त नाम र सम्मानको भोक नै । खालि खेलकुद प्रतिको एउटा जुनुन, त्यो पनि ६० वर्ष पुगिसक्दासम्म थकाई नमानी अनवरत र निस्वार्थ ।  

अनि त भनिन्छ नी सुदर्शन जस्ता ब्यक्तिहरु छन् त देशमा खेलकुदको पनि इज्जत छ । अझ सोझै भन्दा यस्तै ब्यक्तिहरुका कारण त यो देशमा खेलकुद अझैसम्म टिकिरहेको छ ।

नेपाली खेलकुदलाई दशकौंदेखि निस्वार्थ सेवा गरिरहेका सामान्य देखिने सुदर्शन रञ्जितको योगदान आइतबार काठमाडौंमा भव्य रुपमा सम्मानित भयो । नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदका यी सिपाहीलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH