चैत्र ११, २०८२ बुधबार | ०१:३३:३५
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

स्पोर्टस अवार्ड आज हुँदै

फाइल तस्विरः गत संस्करणका अवार्ड विजेता

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आज (आइतबार) हुँदैछ । अवार्ड कार्यक्रम होटल याक एण्ड यतिमा हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा २०६० सालदेखि निरन्तर हुँदै आएको स्पोर्टस अवार्ड २०७२ सालमा विनाशकारी भुकम्पका कारण एक वर्ष हुन सकेको थिएन ।  अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकका साथै खेलकर्मीलाई विभिन्न ९ विधामा सम्मान गरिने छ ।

ओलीका अनुसार वर्षका उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा यसपाली खेलाडी तथा खेलकर्मीहरु सम्मानित हुनेछन् ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ तथा मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने बताइएको छ ।

यसपटक पिपल्स च्वाइसको मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् ।

यसैगरी वर्ष पुरुष खेलाडीको शीर्ष तीनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेख र एथलेटिक्सका दीपक अधिकारी छन् ।

एथलेटिक्सका राजपुरा पछाई र पुष्पा भण्डारी तथा बास्केटबलकी अनुशा मल्ल वर्ष महिला खेलाडी बन्ने होडमा छन् ।

बक्सिङकी सुष्मा तामाङ, क्रिकेटका देव खनाल र एथलेटिक्सकी राममाया बुढा वर्ष युवा खेलाडी तथा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका चन्द्र गुरुङ र बक्सिङका दीपक महर्जन वर्ष प्रशिक्षकको प्रतिस्पर्धामा छन् । 

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कार स्वरुप पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । 

स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा हजारा हुलासचन्द एन्ड कम्पनी छ । यसैगरी सहप्रायोजक र सहयोगीमा इ-सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यति, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिगी होटल, प्लाजा होटल्स ग्रुप, आइएसएस, इ-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो