माघ १८, २०८२ आइतबार | १०:३३:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

स्पोर्टस अवार्ड आज हुँदै

फाइल तस्विरः गत संस्करणका अवार्ड विजेता

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आज (आइतबार) हुँदैछ । अवार्ड कार्यक्रम होटल याक एण्ड यतिमा हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा २०६० सालदेखि निरन्तर हुँदै आएको स्पोर्टस अवार्ड २०७२ सालमा विनाशकारी भुकम्पका कारण एक वर्ष हुन सकेको थिएन ।  अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकका साथै खेलकर्मीलाई विभिन्न ९ विधामा सम्मान गरिने छ ।

ओलीका अनुसार वर्षका उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा यसपाली खेलाडी तथा खेलकर्मीहरु सम्मानित हुनेछन् ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ तथा मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने बताइएको छ ।

यसपटक पिपल्स च्वाइसको मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् ।

यसैगरी वर्ष पुरुष खेलाडीको शीर्ष तीनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेख र एथलेटिक्सका दीपक अधिकारी छन् ।

एथलेटिक्सका राजपुरा पछाई र पुष्पा भण्डारी तथा बास्केटबलकी अनुशा मल्ल वर्ष महिला खेलाडी बन्ने होडमा छन् ।

बक्सिङकी सुष्मा तामाङ, क्रिकेटका देव खनाल र एथलेटिक्सकी राममाया बुढा वर्ष युवा खेलाडी तथा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका चन्द्र गुरुङ र बक्सिङका दीपक महर्जन वर्ष प्रशिक्षकको प्रतिस्पर्धामा छन् । 

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कार स्वरुप पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । 

स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा हजारा हुलासचन्द एन्ड कम्पनी छ । यसैगरी सहप्रायोजक र सहयोगीमा इ-सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यति, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिगी होटल, प्लाजा होटल्स ग्रुप, आइएसएस, इ-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।