माघ १८, २०८२ आइतबार | १२:४८:००
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

स्पोर्टस अवार्डः उत्कृष्ट महिला खेलाडीमा एथलेटिक्सको बर्चश्व

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि शुक्रबार उत्कृष्ट वर्ष महिला खेलाडीको शीर्ष तीन सार्वजनिक गरेको छ ।

यसअघि घोषणा भएको आठ खेलाडीको प्रारम्भिक मनोनयनबाट शीर्ष तीन छानिएका हुन् । उत्कृष्ट महिला खेलाडीको शीर्ष तीनमा दुई एथलेटिक्स र एक बास्केटबल खेलाडी छन् ।

शीर्ष तीनमा एथलेटिक्सका राजपुरा पछाई र पुष्पा भण्डारी तथा बास्केटबलकी अनुशा मल्ल छन् ।

उत्कृष्ट आठको मनोनयनमा एथलेटिक्सकी जयरानी थारु, फुटबलकी अमिशा कार्की, पौडीकी डुवाना लामा, जुडोकी पुनम श्रेष्ठ र ट्रायथलनका श्रेवी महर्जन पनि थिए ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ ।

उत्कृष्ट महिला खेलाडी

राजपुरा पछाई (एथलेटिक्स)
१६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपको १० किमिमा रजत पदक विजेता रापुराले पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठसँग मिलेर महिला टिममा पनि रजत पदक हात पारेकी थिइन् र

यसैगरी नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत पदम जित्न सफल राजपुराले वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण चुमिन् ।

कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथन तथा नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण प्राप्त गरेकी उनी  राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा रजत विजेता खेलाडी हुन् ।

अनुशा मल्ल (बास्केटबल)

माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा  नेपाललाई रजत पदक दिलाउन अनुशाले महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् । उनी नेपालले खेलेको तीनमध्ये दुइ खेलमा टोलीका लिग उच्च स्कोर गर्ने खेलाडी हुन् ।

अनुशाले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट रजत पदक जितेकी थिइन् ।

पुष्पा भण्डारी (एथलेटिक्स)
बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण जितेकी पुष्पाले १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठसँग मिलेर महिला टिममा रजत पदक हात पारेकी थिइन् । 

नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य पदक प्राप्त गरेकी पुष्पाले सहारा हाफ म्याराथन स्वर्ण पदम चुमिन् । 

यसैगरी उनले कान्तिपुर हाफ म्याराथन,  वीर गणेशमान सिंह १० किमि रोड रेस र मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत पदम जितेकी थिइन्।

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।