चैत्र १८, २०८२ बुधबार | ०९:३८:२१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

स्पोर्टस अवार्डः उत्कृष्ट महिला खेलाडीमा एथलेटिक्सको बर्चश्व

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि शुक्रबार उत्कृष्ट वर्ष महिला खेलाडीको शीर्ष तीन सार्वजनिक गरेको छ ।

यसअघि घोषणा भएको आठ खेलाडीको प्रारम्भिक मनोनयनबाट शीर्ष तीन छानिएका हुन् । उत्कृष्ट महिला खेलाडीको शीर्ष तीनमा दुई एथलेटिक्स र एक बास्केटबल खेलाडी छन् ।

शीर्ष तीनमा एथलेटिक्सका राजपुरा पछाई र पुष्पा भण्डारी तथा बास्केटबलकी अनुशा मल्ल छन् ।

उत्कृष्ट आठको मनोनयनमा एथलेटिक्सकी जयरानी थारु, फुटबलकी अमिशा कार्की, पौडीकी डुवाना लामा, जुडोकी पुनम श्रेष्ठ र ट्रायथलनका श्रेवी महर्जन पनि थिए ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ ।

उत्कृष्ट महिला खेलाडी

राजपुरा पछाई (एथलेटिक्स)
१६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपको १० किमिमा रजत पदक विजेता रापुराले पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठसँग मिलेर महिला टिममा पनि रजत पदक हात पारेकी थिइन् र

यसैगरी नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत पदम जित्न सफल राजपुराले वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण चुमिन् ।

कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथन तथा नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण प्राप्त गरेकी उनी  राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा रजत विजेता खेलाडी हुन् ।

अनुशा मल्ल (बास्केटबल)

माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा  नेपाललाई रजत पदक दिलाउन अनुशाले महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् । उनी नेपालले खेलेको तीनमध्ये दुइ खेलमा टोलीका लिग उच्च स्कोर गर्ने खेलाडी हुन् ।

अनुशाले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट रजत पदक जितेकी थिइन् ।

पुष्पा भण्डारी (एथलेटिक्स)
बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण जितेकी पुष्पाले १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठसँग मिलेर महिला टिममा रजत पदक हात पारेकी थिइन् । 

नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य पदक प्राप्त गरेकी पुष्पाले सहारा हाफ म्याराथन स्वर्ण पदम चुमिन् । 

यसैगरी उनले कान्तिपुर हाफ म्याराथन,  वीर गणेशमान सिंह १० किमि रोड रेस र मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत पदम जितेकी थिइन्।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो