चैत्र ५, २०८२ बिहीबार | २३:३८:५१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

निश्चित खेलबाट सहकार्य सुरु गर्न सदस्यसचिव घिसिङको प्रस्ताव

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उपसचिव झेङ याउसंगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

सदस्यसचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा सो कुरा बताएका हुन् ।

‘सुरुआतमा केहि निश्चित खेलबाट सहकार्य गर्न चाहन्छौं । कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरुलाई सम्पर्क गर्छौं,’ सदस्यसचिव घिसिङले भने ।

सदस्यसचिव घिसिङले १९ औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै च्याम्पियन बन्न सफल भएकोमा बधाइ दिदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताए । 

सदस्यसचिव घिसिङले चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबीच नेपालमा उमेरसमूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको स्मरण गराएका थिए ।

निर्देशक झेङ याउले १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहनजक रहेको बताउदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबीच कसरी सहयोग आदान प्रदान गर्न सकिन्छ भन्ने रहेको बताए । उनले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउदै छलफललाई निरन्तरता दिदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

भेटमा झेङ याउको नेतृत्वमा आएको नौं सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो