माघ १६, २०८२ शुक्रबार | १६:१३:५१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

अन्तर रिह्याबिलिएसन फुटसल प्रतियोगिता मंगलबारबाट

काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकाश समिति र रोटरी क्लब अफ ललितपुरको सहयोगमा ललितपुर एड्भोकेसी नेटवर्क फोर ड्रग युजर(एलएएनडियु) ले यही असोज ३० गते मंगलबारदेखि कात्तिक ३ गते शुक्रबारसम्म ‘चौंथो स्वर्गीय अमन पुन अन्तर रिह्याबिलिएसन फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

मां बंगलामुखी फुटसल,चाकुपाट ललितपुरमा हुने प्रतियोगितामा नेपालभरका रिहाब सेन्टरबाट १७ टोलीको सहभागिता रहने छ । प्रतियोगिता लिककम नकआउट पद्धतिमा हुनेछ ।  

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

लागुपदार्थ सम्बन्धि जनचेतना, लागुपदार्थ दुर्व्यसनीहरुलाई पुर्नस्थापनामा सहयोग गर्नुका साथै उनीहरुले पनि समाजमा योगदान गर्न सक्छन् भन्ने योजनाका साथ वर्षेनि रुपमा विभिन्न प्रकारको तालिम, गोष्ठी, खेलकुद र विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको संस्थाले यसपाली पनि प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता संचालन गर्न करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

 (एलएएनडियु)का अध्यक्ष सुजिन महर्जनले दुर्व्यसनीहरुको आत्मविश्वास स्तर बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘हाम्रो मुख्य उदेश्य भनेकै लागुपदार्थ दुर्व्यसनीहरुको आत्मविश्वास बढाउने हो । खेलकुदमार्फत उनीहरुले आफ्नो जीवन पुर्नस्थापना गर्न सक्छन् । हामीले यो प्रतियोगिता गर्दा उनीहरु नसा छोड्न प्रेरित हुन्छन् भन्ने विश्वास छ,’ महर्जनले भने,‘दशैं नेपालीको महान चाड हो । यही चाडपर्वको अवसरमा सेवकहरु फेरि पनि लागुपदार्थको लतमा लाग्न सक्छन् । त्यसैले हामीले प्रतियोगिता दशैँको मुखैमा गरेको हो । ताकी यो प्रतियोगिताले चाडपर्वहरु मादकपदार्थ सेवन नगरेर पनि रमाइलो गर्न सकिन्छ भन्ने सन्देश जाओस् ।’

त्यस्तै अध्यक्ष महर्जनले प्रतियोगिताबाट आर्जन भएकाे रकम च्यारिटीमा दान गरिदिने बताए। ‘हामीले प्रतियोगिताबाट फाइदा भएको सम्पूर्ण रकम च्यारिटीमा दिनेछौँ । ताकी कोही पनि लागुपदार्थ दुर्व्यसनमा  परेकाहरु आर्थिक अभावका कारण उपचारका लागि बञ्चित हुन नपरोस्,’ महर्जनले भने ।

प्रतियोगिता संयोजक मनिष तण्डुकारले यस फुटसल कार्यक्रमको आयोजनाबाट सहभागी खेलाडीहरुको आत्मबल बढ्ने विश्वास व्यक्त गरे । ‘अहिले दुर्व्यसनमा फसेका जो कोही पनि कसैको अगाडि दुई शब्द बोल्न पनि हिम्मत राख्दैनन् । यस्तो किसिमका कार्यक्रमबाट उनीहरुलाई बोल्न आत्मबल मिल्नेछ । हाम्रो उद्धेश्य र सन्देश पनि यही नै हो । र्दुव्यसकहरु सबैमा सम्भाव्यता छ ।’

एलएएनडियु, समाजमा लागुपदार्थ दुर्व्यसनीमा कोही नपरोस् र भएकाहरुलाई पनि सुधार गरि यही समाजको अंगको रूपमा स्थापित बनाई योग्य बनाउने मुख्य उदेश्यका साथ वि.सं २०६९ सालमा नेपाल सरकारको प्रचलित कानून बमोजिम विधिवत रुपमा स्थापना भएको संस्था हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।