चैत्र ८, २०८२ आइतबार | ०५:०९:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अन्तर रिह्याबिलिएसन फुटसल प्रतियोगिता मंगलबारबाट

काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकाश समिति र रोटरी क्लब अफ ललितपुरको सहयोगमा ललितपुर एड्भोकेसी नेटवर्क फोर ड्रग युजर(एलएएनडियु) ले यही असोज ३० गते मंगलबारदेखि कात्तिक ३ गते शुक्रबारसम्म ‘चौंथो स्वर्गीय अमन पुन अन्तर रिह्याबिलिएसन फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

मां बंगलामुखी फुटसल,चाकुपाट ललितपुरमा हुने प्रतियोगितामा नेपालभरका रिहाब सेन्टरबाट १७ टोलीको सहभागिता रहने छ । प्रतियोगिता लिककम नकआउट पद्धतिमा हुनेछ ।  

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

लागुपदार्थ सम्बन्धि जनचेतना, लागुपदार्थ दुर्व्यसनीहरुलाई पुर्नस्थापनामा सहयोग गर्नुका साथै उनीहरुले पनि समाजमा योगदान गर्न सक्छन् भन्ने योजनाका साथ वर्षेनि रुपमा विभिन्न प्रकारको तालिम, गोष्ठी, खेलकुद र विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको संस्थाले यसपाली पनि प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता संचालन गर्न करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

 (एलएएनडियु)का अध्यक्ष सुजिन महर्जनले दुर्व्यसनीहरुको आत्मविश्वास स्तर बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘हाम्रो मुख्य उदेश्य भनेकै लागुपदार्थ दुर्व्यसनीहरुको आत्मविश्वास बढाउने हो । खेलकुदमार्फत उनीहरुले आफ्नो जीवन पुर्नस्थापना गर्न सक्छन् । हामीले यो प्रतियोगिता गर्दा उनीहरु नसा छोड्न प्रेरित हुन्छन् भन्ने विश्वास छ,’ महर्जनले भने,‘दशैं नेपालीको महान चाड हो । यही चाडपर्वको अवसरमा सेवकहरु फेरि पनि लागुपदार्थको लतमा लाग्न सक्छन् । त्यसैले हामीले प्रतियोगिता दशैँको मुखैमा गरेको हो । ताकी यो प्रतियोगिताले चाडपर्वहरु मादकपदार्थ सेवन नगरेर पनि रमाइलो गर्न सकिन्छ भन्ने सन्देश जाओस् ।’

त्यस्तै अध्यक्ष महर्जनले प्रतियोगिताबाट आर्जन भएकाे रकम च्यारिटीमा दान गरिदिने बताए। ‘हामीले प्रतियोगिताबाट फाइदा भएको सम्पूर्ण रकम च्यारिटीमा दिनेछौँ । ताकी कोही पनि लागुपदार्थ दुर्व्यसनमा  परेकाहरु आर्थिक अभावका कारण उपचारका लागि बञ्चित हुन नपरोस्,’ महर्जनले भने ।

प्रतियोगिता संयोजक मनिष तण्डुकारले यस फुटसल कार्यक्रमको आयोजनाबाट सहभागी खेलाडीहरुको आत्मबल बढ्ने विश्वास व्यक्त गरे । ‘अहिले दुर्व्यसनमा फसेका जो कोही पनि कसैको अगाडि दुई शब्द बोल्न पनि हिम्मत राख्दैनन् । यस्तो किसिमका कार्यक्रमबाट उनीहरुलाई बोल्न आत्मबल मिल्नेछ । हाम्रो उद्धेश्य र सन्देश पनि यही नै हो । र्दुव्यसकहरु सबैमा सम्भाव्यता छ ।’

एलएएनडियु, समाजमा लागुपदार्थ दुर्व्यसनीमा कोही नपरोस् र भएकाहरुलाई पनि सुधार गरि यही समाजको अंगको रूपमा स्थापित बनाई योग्य बनाउने मुख्य उदेश्यका साथ वि.सं २०६९ सालमा नेपाल सरकारको प्रचलित कानून बमोजिम विधिवत रुपमा स्थापना भएको संस्था हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो