चैत्र १६, २०८२ सोमबार | ०९:०६:३३
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

एसियाली खेलकुदः स्क्वासका कृष्णा र विपनाको यात्रा पनि अन्तिम-३२ मै सिमित

फाइल फोटो

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत स्क्वासको महिला एकलमा आइतबार नेपालका कृष्णा थापा र विपना ब्लोन अन्तिम ३२ बाटै बाहिरिएका छन् ।

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा कृष्णा दक्षिण कोरियाकी जियुन लीसँग ३-० ले पराजित भइन् । उनले खेल ३-११, ०-११ र ३-११ ले गुमाएकी हुन् ।

थाइल्यान्डकी वारित्सरा चुजितसँग ३-० ले नै पराजित भएपछि विपनाको यात्रा अगाडि बढ्न सकेन । उनी ७-११, ७-११ र ८-११ ले स्तब्ध बनिन् ।

यसैगरी पुरुष एकलमा अमृत थापा मगर र आरहन्तसिंह सिम्हा पराजित भए । कुवेतका अब्दुल्लाह अल्मिजेनसँगको खेल ३-० ले गुमाउँदा अमृतको यात्रा अन्तिम ३२ बाट अगाडि बढ्न सकेन । उनले खेल ११-४, २-११ र ५-११ ले गुमाए ।

आरहन्त मलेसियाका मोहम्मद बिनसँग ३-० ले पराजित हुँदै अन्तिम ३२ बाटै बाहिरिए । उनले खेल ५-११, ३-११ र ३-११ ले स्तब्ध बने ।

यसअघि स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनको जोडीले मिक्स्ड डबल्सका दुवै खेलमा पराजय व्यहोरेको थियो । नेपाल पहिलो खेलमा हङकङका का यी लिन र सि हिम वाङ्ग तथा दक्षिण कोरियाका डोङ्गजु लि र यनसो याङ्ग जोडीसँग समान २-० को सोझो सेटमा पराजित भएको थियो ।

नेपाल हङकङसँग १-११ र ३-११ र दक्षिण कोरियासँग ५-११ र ४-११ ले स्तब्ध बनेको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो